आफ्नै छोरीलाई बलात्कार गर्न खोज्दा नसकेपछि मारिदिए, लाश २ टुक्रा पारेर फाले

डिसी नेपाल
१ भदौ २०७६ १३:२३

काठमाडौं। एक पिताले आफ्नी १९ वर्षकी छोरीलाई मध्यरातमा बलात्कार गर्न खोजे । छोरीले प्रतिरोध गरेपछि उनी आफ्नो प्रयासमा सफल हुन सकेनन् । बलात्कार गर्न असफल भएपछि उनले रिसको झोंकमाछोरीको हत्या गरिदिए । आज तकको समाचार अनुसार भारतको उत्तर प्रदेशको गोरखपुरका ती पितालाई गिरफ्तार गरिएको छ ।

आरोपी सुनिल कुमार गुप्ताका अनुसार युवतीको मृत शरीर बरामद गरिएको छ जो निकै खराब हालतमा थियो । पुलिसले आरोपी पिताविरुद्ध धारा ३०२ र धारा २०१ अन्तर्गत मुद्दा दर्ता गरेको छ । पितालाई जेल पठाइएको छ । पुलिसका अनुसार उनले कडा सोधपुछपछि मात्र अपराध स्वीकारेका थिए । पुलिसले आरोपीले बताएअनुसार फरक फरक ठाउँबाट युवतीको शरीरका टुक्रा फेला पारेको हो ।

उनले छोरीको शरीरलाई बीचबाट दुई टुक्रा पारेर फालेका थिए । युवतीको शरीरको मापिथल्लो भाग खेतमा थियो भने तल्लो भाग एक नालीमा थियो । उनले धारिलो हतियारले घाँटी काटेर छोरीको हत्या गरेको आरोप छ । उनले विगत २० दिनदेखि आफन्त र छिमेकीलाई झुक्याइरहेका थिए । जयप्रकाश गुप्ता नामका ती व्यक्तिले २६ जुलाइका दिन राती छोरीको हत्या गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *