पहिलो पटक रारामा प्रदेश स्तरीय कवड्डी प्रतियोगिता

डिसी नेपाल
२७ वैशाख २०८१ ९:४५

सुर्खेत। मंसिर २ गतेबाट कर्णाली प्रदेशको सुर्खेतमा हुनलागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रारामा कवड्डी प्रतियोगिता शुरु भएको छ ।

कर्णाली प्रदेश खेलकुद बिकास परिषदको आर्थिक सहयोग तथा जिल्ला खेलकुद बिकास समितिको आयोजनामा कर्णाली प्रदेशको हुम्ला बाहेक ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरुको सहभागितामा बुधबार देखी शुक्रबार सम्म १० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीकालागी कवड्डी प्रतियोगिता आयोजना गरिएको हो ।

उक्त प्रतियोगितामा हुम्ला बाहेक ९ जिल्लाका पुरुष ९ महिला ७ टिम गरी १ सय ६० खेलाडीले भाग लिएका छन । कर्णाली प्रदेश खेलकुद बिकास परिषदका आर्थिक सहयोग र जिल्ला स्थित चारै स्थानियतहले समेत उक्त प्रतियोगितामा आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेपछी राराको प्रर्यटन प्रबद्धनलाई खेलकुदसंग जोड्नकालागी रारामा यो प्रतियोगिता आयोजना गरिएको हो ।

खेलकुद बिकास समिति मुगुका अध्यक्ष बिरेन्द्रबहादुर मल्लले बताए । ०८१ मंसिर २ गतेबाट कर्णाली प्रदेशको सुर्खेतमा हुनलागेको १० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीकालागी कर्णाली प्रदेश खेलकुद परिषदले कर्णाली १० वटै जिल्लामा एक एक खेलको आयोजन गर्ने परिषदको निर्णय अनुसार मुगुको रारामा यो खेलको आयोजना गरिएको हो रारामा हुने कुनैपनी खेलकुद प्रतियोगिताहरु राराको पर्यटनलाई खेल मार्फत प्रचार प्रशार गरी यस अबका दिनमा रारामा मात्र नभई कर्णालीमा अन्य साहसिक खेलकुद समेत आयोजना हुने कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव बिश्वमित्र संञ्ज्यालले बताएका छन ।

जिल्लामा कुनै पनी खेलकुद तथा अन्य कार्यक्रम आयोजना गर्ने खेलमैदान छैन । खेलमैदान अभावका कारण प्रतियोगिता संचालन गर्न ठुलो समस्या भईरहेका बेला रारामा कर्णाली प्रदेश खेलकुद बिकास समितिले आयोजना गरेको यो प्रतियोगिता संचालन गर्न ठुलो पहल भएको र रारामा हुने कुनैपनि प्रतियोगिताले राराको संरक्षण प्रद्धदनमा ठुलो सहयोगमिल्ने कर्णाली प्रदेश सभा सदस्य जीतबहादुर मल्लले बताए ।

रारा जस्तो ठाँउमा प्रतियोगितामा हुनु गर्वको कुरा हो । रारा पुग्न सडक मार्फत आउदा सारै गाहे भएको खेलाडीहरुले बताउनु भएको छ । बाटोको थकानले हैरान भएका खेलाडीहरु रारा पुग्दा बाटो सबै दुख बिर्सेको बताए ।

रारा मुगुमा पर्ने भनेको सुनेको प्रतियोमा आउने खेलाडीले रारा पुग्दा बाटोमा पाएको दुख सबै बिर्सेको बताउदै सरकारले अन्य खेलकुद पनी रारामा संचालन गर्न सके खेलकुद पर्यटक्षेत्रको बिकासमा ठुलो अवसर मिल्ने प्रतियोगितामा सहभागी खेलाडीहरुले बताएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *