अरुण खोलाले डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

डिसी नेपाल
२ भदौ २०७६ ११:४५

नवलपरासी । नवलपुरमा अरुण खोलाामा केही दिन अघि बनाएको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग १४-१५ घण्टादेखि ठप्प भएको छ ।

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा हिजो (आइतबार) साँझदेखि यातायात अवरुद्ध भएको हो ।

सडक अवरुद्धभएसँगै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी खण्डमा पर्ने सडकमा सवारी साधनको लाम लागेको छ । अहिले डाइभर्सन मर्मत गरेर सवारी चलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुर (नवलपरासी पूर्व)ले जनाएको छ ।

केहीदिनअघि ट्रकको ठक्करबाट पुल भाँचिएपछि डाइभर्सन निर्माण गरेर सडक सुचारु गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *