एनआरएनए मलेसियामा निर्विरोध नयाँ कार्यसमिति – Dcnepal

एनआरएनए मलेसियामा निर्विरोध नयाँ कार्यसमिति

मलेसिया। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) मलेसियाले निर्विरोध कार्यसमिति चयन गरेको छ। संघको हालसालै सम्पन्न छैटौ अधिवेशनले  हरि भट्टराईको नेतृत्वमा सिङ्गो कार्यसमिति नै सर्वसम्मतले चयन गरेको हो।

आगामी कार्यकालका नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुन्दर आले, उपाध्यक्षमा ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्षमा सुभद्रा लिङ्गदेन, महासचिवमा हेमराज सापकोटा, सचिवमा रन्जित छेत्री र नेत्र केसी, कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा रविलाल अधिकारी चयन भएका छन्।

यस्तै कार्यसमितिका सदस्यहरूमा गोविन्द साउद, दिलकुमार केरुङ, मछिन्द्र नाथ चापागाईँ, इन्द्र नारायण लिम्बु, कृष्णबहादुर बस्नेत, पासाङ लामा, अनिल कुमार चौधरी, हरि प्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, विनोद बहादुर थापा, सन्तोष प्रकाश रिजाल, इन्द्र बहादुर कुँवर, सन्तोष कार्की, केशवकान्त झा, अरुण गिरी, विनोद पाण्डे, माधव प्रसाद भुसाल, बिमल कुमार राना र योगेन्द्र कोइराला सर्वसम्मतीले चयन भए।

त्यसैगरी महेन्द्र जंग शाह र टेक बहादुर टमोटा आईसीसी सदस्यमा निर्विरोध चुनिएका छन्।

सर्वसम्मत नेतृत्व चयनमा तत्कालीन अध्यक्ष खगेन्द्र न्यौपाने, कार्यसमिति, सल्लाहकार र अग्रज एनआरएनहरुले विशेष भूमिका खेलेका थिए। मलेसियामा एनआरएनको चुनाव गराउन प्राय असम्भव भइरहेको अवस्थामा सर्वसम्मत नेतृत्व चयन गरेर आफूमा मात्र नभएर विश्वभरका एनआरएनहरुमा राम्रो उदाहरण प्रस्तुत गरेका छन्।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो