एनआरएनए बेल्जियममा सर्वसम्मत नयाँ नेतृत्व

डिसी नेपाल
२ भदौ २०७६ १६:३९

बेल्जियम। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआएनए/एनसीसी)  बेल्जियमले निर्विरोध नयाँ नेतृत्व चयन गरेको छ । संघको आइतबार सम्पन्न सातौँ अधिवेशनले चित्र सुबेदीको नेतृत्वमा सिङ्गो कार्यसमिति नै सर्वसम्मतले चयन गरेको हो।

आगामी कार्यकालका नवगठित कार्यसमितिको उपाध्यक्षहरूमा अनुजा प्रधान, आङमाया लामा, खडक केसी, गंगा शर्मा, घनश्याम काफ्ले, नारायण सिलवाल र महिला उपाध्यक्षमा हरी भट्टराई रहेका छन । यसैगरी आईसीसी सदस्यमा सुवास जोशी ९सन्तोष ० र कमल पन्थी चयन भएका छन्।

यस्तै नयाँ कार्यसमितिको महासचिवमा तीर्थ धमला, सचिवमा कर्ण अधिकारी, जनक सुवेदी र दीपक न्यौपाने छन्, भने कोषाध्यक्षमा प्रकाश गिरी, सहकोषाध्यक्षमा जीवन शर्मा चुनिएका छन ।

यस्तै नयाँ कार्यसमितिको युवा संयोजकमा काशी दनै , महिला संयोजकमा सुशीला खतिवडा चयन भएका छन् भने सदस्यहरूमा कुलबहादुर कार्की, सुमन बराल, दौलत कुमार साम्ब, ज्ञानेन्द्र घिमिरे, सुवास भट्ट, कुम शाही, भरत पन्त, मदन दवाडी, सुजन ढकाल, मिनदोर्जे थापा, चेत नारायण दाहाल , राम प्रसाद शर्मा, कमल सिटौला रहेका छन । यस्तै महिला सदस्यमा गीता लामा, रस्मिना गिरी राज भन्डारी र सरस्वती सुवेदी सर्वसम्मत निर्वाचित भएका छन्।

एनआरएनए बेल्जियमले पहिलो अधिवेशनपछि सातौ अधिवेशनमा आएर सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो । सर्वसम्मत नेतृत्व चयनमा तत्कालीन बेल्जियमका अध्यक्ष लोक दाहाल, युरोप संयोजक शिव कुमार बरुवाल , गोविन्द सुवेदीलगायतले विशेष भूमिका खेलेका थिए।

अधिवेशनको उद्घाटन नेपालको सङ्घीय संसद्को राज्य व्यवस्था एवम् सुशासन समितिकी सभापति शशि श्रेष्ठले गरेका थिए । अधिवेशन समाराेहकाे विशिष्ट अतिथिहरूमा पूर्व मन्त्री वीर बहादुर बलाएर, लीलामणि पोखरेल, बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा, आईसीसी उपाध्यक्ष कुमार पन्त, सचिव जानकी गुरुङ, युरोप संयोजक शिव बरुवाल रहेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *