श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास

डिसी नेपाल
३ भदौ २०७६ १७:४०

धादिङ। आफ्नै श्रीमती र दुई वर्षीय छोरालाई आगो लगाएर मार्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  प्रहरीले धादिङ सिद्धलेख गाउँपालिका–१ धारापानी बस्ने २८ गणेश लम्साललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरिक्षक रुपक खड्काका अनुसार पक्राउ परेका लम्सालले श्रीमती बिमला लम्साल र दुई वर्षीय छोरा जेनिस लम्साललाई सुतिरहेको अवस्थामा तारपिनको तेल छर्केर आगो लगाएका थिए।

प्रवक्ता खड्काले बताएअनुसार घरायसी विवादका कारण यो घटना घटेको हो। आगोका कारण श्रीमती र छोरा दुवै घाईते भएका छन्। श्रीमतीको अनुहार, बाँया हात र छोराको कोखा, टाउको र हातको भाग जलेको खड्काले जानकारी दिए।

घाईतेहरुलाई जिल्ला अस्पताल धादिङवेशीमा ल्याई उपचार पश्चात थप उपचारको लागी काठमाडौं रिफर गरिएको छ। साथै दुवै जनाको अवस्था मध्यम रहेको उनले बताए। श्रीमान गणेश लम्साललाई भने नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासत कक्षमा राखी अनुसन्धान भईरहेको छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *