तान्त्रिकको निर्देशनमा पतिलाई लड्डू मात्र खान दिएपछि सम्बन्ध विच्छेद
काठमाडौं। शास्त्रमा विवाहको बन्धनलाई पवित्र मानिएको छ। पति–पत्नी एक अर्कासँग सात वर्षसम्म सँगै साथ बिताउने वाचा गर्छन्। तर कहिले काँही दुवैबीच कुरा नमल्दिा सम्बन्ध विच्छेद पनि हुने गरेका छन्। तर के तपाइँले लड्डूका कारण पति पत्नीबीच सम्बन्ध विच्छेद हुन सक्ने कहिले सुन्न भएको छ? यदि छैन भने आज हामी तपाइँलाई यही विषयमा जानकारी दिन गइरहेका छौं। यो घटना भारतको उत्तर प्रदेशको हो।
उत्तर प्रदेशको मेरठ जिल्लाका एक जना व्यक्तिले खानामा पत्नीले आफूलाई लड्डू मात्र दिएको भन्दै सम्बन्ध विच्छेद गर्न माग गरेका छन्। उनका अनुसार तान्त्रिकको कुरा सुनेर श्रीमतीले आफूलाई लड्डू मात्र खान दिएको भन्दै उनले सम्बन्ध विच्छेद गर्न भनेका हुन्। यही विषयलाई लिएर ती व्यक्ति अदालतसम्म पुगेका छन्।
अदालतमा उनले तान्त्रिकको निर्देशनमा आफूलाई पत्नीले खानामा लड्डू मात्र दिएको बताएका छन्। ‘तान्त्रिकको निर्देशनमा मलाइ श्रीमीले विहान चारवटा र साँझ चारवटा लड्डू मात्र खान दिन्छिन्। त्यही कारण मलाइ सम्बन्ध विच्छेद चाहियो।’
ती व्यक्तिका अनुसार उनकी पत्नीले यो बीचमा उनलाई लड्डु बाहेक केही पनि खान दिएकी छैनन्। उनीहरुले विवाह गरेको दश वर्ष भइसकेको छ। र, उनीहरुका तीन सन्तान पनि छन्। ती व्यक्ति केही समयदेखि विमारी थिए, उनलाई निको बनाउन उनकी पत्नीले एक जना तान्त्रिकसँग सम्पर्क गरिन्। तान्त्रिकले पतिलाई मात्र लड्डू खुवाउन भने। तान्त्रिकको निर्देशन अनुसार उनले पतिलाई लड्डूमात्र खुवाएको खुलेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment