रवि लामिछानेविरुद्ध प्रमाण किर्ते गर्नेहरुविरुद्ध रविकी श्रीमती निकिताले प्रहरीमा उजुरी दिने !

डिसी नेपाल
४ भदौ २०७६ १२:०५

काठमाठौं। टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान भइरहेको बेला उनकी श्रीमती निकिता पौडेल लामिछानेले रविविरुद्ध विद्युतीय प्रमाण किर्ते गरिएको आरोप लगाएकी छिन् । उनले फेसबुकमा एक पोस्ट गर्दै यसरी किर्ते गर्नेहरुविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी हाल्ने बताएकी छिन् ।

उनले आजै प्रहरीमा उजुरी दर्ता गर्ने उल्लेख गरेकी छिन् । उनले प्रमाण किर्ते गर्नेहरु को–को हुन् भन्ने खुलाएकी छैनन् । निकितासँग डिसीनेपालले मध्यान्ह १२ बजे फोन सम्पर्क गर्दा उनले एक घण्टापछि प्रहरीमा जाने जानकारी दिइन् ।




प्रतिक्रिया

One thought on “रवि लामिछानेविरुद्ध प्रमाण किर्ते गर्नेहरुविरुद्ध रविकी श्रीमती निकिताले प्रहरीमा उजुरी दिने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *