अछाममा जीप दुर्घटना, चालकसहित ३ जनाको मृत्यु

डिसी नेपाल
५ भदौ २०७६ ८:४३

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडिे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त जीप बुधबार राति साढे ८ बजेतिर दुर्घटनामा परेको हो।

अछामको मुजाबगरबाट जयगढतर्फ यात्रु लिएर हिँडेको से १ ज ९९५ नम्बरको जीप बान्नीगढी जयगढ गाउँपालिका–५ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

जीप दुर्घटनामा परी बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियार, काले परियार र बैतडी जीप चालक लाल बोहोराको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अशोक परियारको घटनास्थलमै र अन्य २ जनाको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको हो।

जीप दुर्घटनामा परी अन्य ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जंगिर चौधरी र कैलालीका घनश्याम चौधरी रहेको प्रहरीले जनाएको छ । हाल उघाईतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *