पहिरोले घर पुरिँदा सुतिरहेकै अवस्थामा ७० वर्षीय वृद्धको मृत्यु

डिसी नेपाल
५ भदौ २०७६ ११:५१

पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ। बुधबार राति आएको वर्षाका कारण पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो।

पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। ओछ्यानामा सुतेकै अवस्थामा पहिरोले पुरिएको पाइएको थियो।

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइँदैछ। रेमबहादुरकी श्रीमती छोरी भेट्न घरबाहिर गएकी थिइन्। वर्षा भइरहेका बेला घरभन्दा माथि रहेका सिँचाइ कुलोमा अत्यधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान छ।

पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ। चालिसेका दुई छोरा र चार छोरी छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *