ईश्वर पोखरेलले लिए स्कूल विभागको जिम्मेवारी
काठमाडौं। कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी ग्रहण गरेका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार विशेष कार्यक्रम गरी कार्यवहाक प्रधानमन्त्री पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
तात्कालिन माओवादी केन्द्रका स्कूल विभाग प्रमुख र नेकपा एमालेका स्कूल विभाग प्रमुख शंकर पोखरेलले संयुक्त रुपमा पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका छन्। स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाए।
परिवर्तित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उनले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताए। सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाई बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता औल्याए।
स्कूल विभागको जिम्मेवारी लिन धेरैले दाबी गरिरहँदा उपप्राधनमन्त्री पोख्रेलले जिम्मेवारी पाएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment