एभीसी सेन्ट्रल जोनको उपाधि किर्गिस्तानलाई, फाइनल भिडन्तका केही तस्वीरहरु

डिसी नेपाल
७ भदौ २०७६ २०:०८

काठमाडौं । काठमाडौं शनिबार सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोनको उपाधि किर्गिस्तानले जितेको छ। शनिबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै किर्गिस्तानले उपाधि उचालेको हो।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको फाइनलमा किर्गिस्तानलाई उज्जेकिस्तानले सुरुवाती दुई सेटमा कडा चुनौती दिए पनि जित निकाल्न नसक्दा नतिजा सोझो सेटमा नै आयो।

किर्गिस्तानले २६–२४, २७–२५ र २५–१९ को सेटमा नतिजा निकाल्न सफल भयो। च्याम्पियनसिपमा दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए। सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गरेको थियो भने उज्वेकिस्तानले माल्दिभ्सलाई हराएको थियो। पहिलो पटक नेपालमा आयोजित प्रतियोगितामा ७ टोलीले सहभागिता रहेको थियो। जसमा तुर्कमेनिस्तानले तेस्रो स्थान हासिल गर्दा माल्दिभ्स चौथो भएको थियो। त्यस्तै नेपालले पाँचौँ स्थान हासिल गर्दा अफगानिस्तानले छैटौँ र बंगलादेश सातौं स्थानमा रहे ।

कार्यक्रममा विजेता टोलीलाई कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल ट्रफी हस्तान्तरण गरेका थिए। उज्वेकिस्तानका सबिरभ इस्लोमजन बेस्ट स्पाइकरले जिते। बेस्ट भ्यालुएबल प्लेयरको उपाधी काजिकिस्तानका क्यानिबेक उलुले प्राप्त गरे। बेस्ट ब्लकरको उपाधी तुर्किमेनिस्तानका गुलिव मिथुनले हात पारे। बेस्ट लिबेरोको उपाधी सत्तोरोभ डिल्मुरोड प्राप्त गरे। उनी उज्वेकिस्तानका खेलाडी हुन्। यस्तै बेस्ट सटरको उपाधी भने काजिकिस्तानका मुसाएभ जनानलिदिन प्राप्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *