नेकपामा समन्वयकारी भूमिकामा प्रचण्ड

डिसी नेपाल
८ भदौ २०७६ ७:५३

काठमाडौं। गत बिहीबार प्रधानमन्त्री केपी ओली उपचारका लागि सिंगापुर जाने तय भइसकेको थियो। प्रधानमन्त्री ओली नेकपाका कार्यकारी अध्यक्ष पनि हुन्। ओलीले आफू सिंगापुर जानु अगाडि प्रधानमन्त्री निवासमा सचिवालयको बैठक बोलाए।

बैठकमा कुनै एजेण्डामा छलफल हुने कार्यक्रम थिएन। प्रधानमन्त्रीले ‘कुनै एजेण्डा नभएकाले मेरो स्वास्थ्य लाभको कामना गरौं’ भन्ने प्रस्ताव राखे। उनले आफ्नो अनुपस्थितिमा बैठक बोलाउने र निर्णय गर्ने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएको बताए। तर, उनले निर्णय गर्दा आफ्नो सहमति लिन सुझाव दिएका थिए।

त्यो कुरा आफ्नो तेस्रो वरियाता खोसिएका नेता माधव नेपाललाई मन परेर। उनले तत्काल प्रतिवाद गर्दै भने–मेरो सहमति विना तपाइँले निर्णय गर्दा हुने, अनि तपाइँको सहमति चाँहि किन अनिवार्य हुने?’ भन्दै प्रश्न गरे।

आफूहरुलाई जनताले विश्वास गरेको र कांग्रेस एमालेलाई ‘हरुवा’ को संज्ञा दिँदै प्रचण्डले प्रधानमन्त्रीकाे हैसियतमा एकपछि अर्को विवादस्पद निर्णय गर्न थालेका थिए। पशुपति नाथको पुजारी फेर्नेदेखि प्रधानसेनापछि बर्खास्त गर्नेसम्मको हठ देखएका प्रचण्डले अन्तिममा प्रधानमन्त्रीको पदबाट राजीनामा नै दिनुपर्यो। त्यसपछि प्रधानमन्त्री बन्न प्रचण्डले झण्डै दश वर्षसम्म कुर्नुपर्यो।

विवाद सुरु भयो। ओली र नेपालबीच भनाभन नै भयो। विवाद बढ्ने देखेपछि अर्का अध्यक्ष प्रचण्डले दुवै नेतालाई रोक्दै स्थितिलाई सामान्य बनाउन खोजे।  २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सबै भन्दा ठूलो दल बनेपछि तत्कालीन माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीका हैसियतामा प्रचण्डले सबैलाई मिलाउने भन्दा पनि भड्काउने अभिव्यक्ति दिन्थे।

आफूहरुलाई जनताले विश्वास गरेको र कांग्रेस एमालेलाई ‘हरुवा’ को संज्ञा दिँदै प्रचण्डले प्रधानमन्त्रीकाे हैसियतमा एकपछि अर्को विवादस्पद निर्णय गर्न थालेका थिए। पशुपति नाथको पुजारी फेर्नेदेखि प्रधानसेनापछि बर्खास्त गर्नेसम्मको हठ देखएका प्रचण्डले अन्तिममा प्रधानमन्त्रीको पदबाट राजीनामा नै दिनुपर्यो।
त्यसपछि प्रधानमन्त्री बन्न प्रचण्डले झण्डै दश वर्षसम्म कुर्नुपर्यो।

तर अहिले समय फेरिएको छ। प्रचण्डसँग माओवादी छैन भने उनीसँग पहिलाको जस्तो हठी स्वाभाव पनि छैन। प्रचण्डकै शब्दमा ‘पहिलो सिधै गोल हान्ने कोशिश गरियो, अहिले थाहा भयो गोल त सबैलाई छक्याएर हान्ने पो रहेछ।’ प्रचण्डको यो अभिव्यक्ति दोस्रो पटक प्रधानमन्त्री बनेर विदा लिने बेलामा दिएका हुन्।

यति बेला नेकपाको दोस्रो अध्यक्ष बनेका प्रचण्ड समन्वयनकारी भूमिकामा देखिएका छन् र पार्टीभित्र अनुसशान खस्कँदै भएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्।
यतिबेला नेकपामा अध्यक्ष ओली र नेता नोपलबीचको विवाद उत्कर्षमा पुगेको छ। कतिसम्म भने उपचारका लागि सिंगापुर जान लागेको बेला बसेको सचिवालय बैठकमा नेता नेपालले ओलीको स्वास्थ्य लाभको कामना गरेकोसमेत प्रधानमन्त्रीले स्वीकार गरेनन्।

नेकपामा समन्वयकारी नेतको छवि बनाएका नेता नेपाल र ओलीबीचको विवाद साम्य पार्न प्रचण्ड समन्वयकारी भूमिकामा देखिएका छन्। शीर्ष नेताहरुमा नै विवाद देखिएपछि प्रचण्ड कम्युनिष्ट पार्टीमा अनशासन खस्किँदै गएको भन्दै चिन्तित हुन थालेका छन्।  प्रधानमन्त्री ओली र नेता नेपालबीच भनाभन भएको भोलि पल्ट शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गरे।

कम्युनिष्टमा वैचारिक विचलन आएको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो समय सामूहिकताभन्दा पनि व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महसुस भइरहेको टिप्पणी गरेका थिए।

प्रचण्डको भनाइ थियो– हिजो हामी निकै अनुशासित थियौँ, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौँ। आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, सामूहिक हितलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ। यसलाई परिवर्तन गर्नुपर्छ।’

विगतमा सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारीका साथ कम्युनिष्ट पार्टी चल्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भनेका थिए–आजकल त्यो उल्टिएको छ। व्यक्तिगत निर्णयको जिम्मेवारी सबैले लिनुपर्ने। यो निकै उल्टो भएको छ। यो प्रवृत्तिलाई सच्याउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ।’

अब ओली र नेपालबीचको विवाद साम्य पार्ने जिम्मेवारी पनि प्रचण्डकै काँधमा आएको छ। त्यसैको पहल स्वरुप शुक्रबार प्रचण्ड र नेता नेपालबीच प्रचण्ड निवास खुमलटारमा छलफल पनि भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *