शरीर, मन र भावनालाई सही उपयोग गरे तनाव हुँदैन

डिसी नेपाल
८ भदौ २०७६ ८:१७

एजेन्सी। सदगुरु जग्गी वासुदेवले जीवनलाई सहज र सरलतासँग बिताउनका लागि कयौं सुत्र बनाएका छन्। जसलाई हाम्रो जीवनमा समेट्ने हो भने धेरै दुख र तनाव कम हुन्छन्। सदगुरुका अनुसार धेरै जसो मानिस आफ्नो सोच र भावनाका कारण दुखी हुन्छन्। हरेक स्थितिमा सदगुरुले बताएका समाधानका सुत्रले हाम्रो जीवनलाई सुखी र सरल बनाउँछ। आज हामी तीन नै सफलताका सत्रुका विषयमा जानकारी दिन गइरहेका छौं।

कठिक विषयमा पनि सजिलैसँग पूरा गर्न सकिन्छ। त्यसलाई प्राप्त गर्न केवल समर्पित भाव राखेर काम गर्नुपर्छ।

मानिसले आफ्नो दिमागलाई नियन्त्रण गर्न खोज्छन्, तर दिमागलाई स्वतन्त्र छोडिदिनुपर्छ।

कुण्ठा, निराशा र अपसोचको अर्थ तपाइँ आफ्नै विरुद्ध काम गरिरहनु भएको छ।

प्रत्येक चीजलाई त्यसैगरी हेर्नुस जसरी तपाइँ आफ्नो जीवन सजिलैसँग बिताउन सक्नुहुन्छ।

वास्तविक रुपमा धेरैजसो इच्छा तपाइँको हुँदैन। तपाइँ त मात्र त्यसलाई सामाजिक परिवेशले उठाउनुहुन्छ।

जिम्मेवारीको अर्थ जीवनमा आउने कुनै पनि स्थितिको सामाना गर्न सक्षम हुनु हो।

कुनै पनि काम तनावपूर्ण हुँदैन। शरीर, मन र भावनालाई सही रुपमा प्रबन्ध गर्न नजान्दा त्यसले तनाब दिने हो।

कुनै कामका लागि आवश्यक परे निर्णय लिनुस्। पहिला देखि नै राय बनाउनुस्। रायले तपाइँको बुद्धिमा बाधा उत्पन्न गर्न सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *