शवगृहलाई व्यवस्थित गर्न अस्पताललाई मर्करी चेम्बर

डिसी नेपाल
८ भदौ २०७६ १०:२७

कञ्चनपुर । भीमदत्त नगरपालिकाले महाकाली अञ्चल अस्पतालको शवगृहलाई व्यवस्थित बनाउन मर्करी चेम्बर उपलब्ध गराएको छ। नगरपालिका कार्यालय र नगरपालिकाको वडा नं ८ ले रु पाँच-पाँच लाखका दरले रकम विनियोजन गरी दुई मर्करी चेम्बर उपलब्ध गराएको हो।

अस्पतालको शवगृहमा मर्करी चेम्बरको व्यवस्था भएपछि शवलाई सहज रूपमा राख्न सजिलो भएको छ। मर्करी चेम्बरको व्यवस्था नहुँदा शवगृहमा राखिएका शव गन्हाउने र त्यस क्षेत्र नजिक भएर हिँडनसमेत मुस्किल हुने गरेको थियो।

“शव कुहिने र गन्हाउने समस्या निराकरण गर्नका लागि मर्करी चेम्बरको व्यवस्था गरिएको छ”, नगरप्रमुख सुरेन्द्र विष्टले भने। निर्वाचनका बेला अस्पताल सुधारका लागि कार्य गर्ने प्रतिबद्धताअनुरुप कार्य गरिएको उनले बताए। अझै अस्पताल सुधारका लागि नगरपालिकाले सक्दो सहयोग उपलव्ध गराउने उनको भनाइ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *