२ महिनापछि ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक बस्दै
फाईल तस्बिर
हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक करीब दुई महीनापछि आज पुनःबस्दै छ। गत असार १२ मा आर्थिक वर्ष २००७/७७ को बजेट पारित गरेसँगै स्थगित बैठक आज दिउँसो बस्न लागेको हो।
भदौ ८ गते दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेश नं-३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । आजको बैठकले यसअघि विभिन्न समितिले अन्तिम टुङ्गो लगाएका केही विधेयक पारित गर्ने जनाइएको छ।
प्रदेशसभा कार्यव्यवस्था समितिकोे बैठकले आजको बैठकमा विभिन्न पाँच विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी गरेको थियो। रासस
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment