श्रीमान श्रीमतीबीच  कहिल्यै झगडा नगरेपछि सम्बन्ध विच्छेद

डिसी नेपाल
९ भदौ २०७६ ८:१०

काठमाडौं। तपाइँले बेला बेलामा सामान्य झगडा हुँदा श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेद भएको घटना त सुन्नु भएको होला। तर एक महिलाले सम्बन्ध विच्छेद गर्नुको कारण जे बताइन्, त्यो सुनेर तपाइँको होश उड्छ। एक मिनेटका लागि मात्रै तपाइँ सोच्नुस यस्तो कारणले कसैले श्रीमानसँग सम्बन्ध विच्छेद गर्न चाहन्छ?

घटना यस्तो छ, युएईकी एक महिला आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गर्न चाहनुको कारणले चर्चामा आएकी छन्। महिलाले सम्बन्ध विच्छेद गर्नुका पछाडिको यस्तो कारण दिएकी छन्, जसलाई सुनेर सबै चकित परे। ती महिला यस कारण श्रीमानसँग सम्बन्ध विच्छेद गर्न चाहिन्छन् किनभने श्रीमानले उनलाई धेरै नै माया गरेका छन्।

एक वर्ष पहिला भएको विवाहलाई अन्त्य गर्नका लागि महिलाले अदालतमा निवेदन दिएकी छन्। उनले दिएको निवेदनका अनुसार महिलाका श्रीमान उनीलाई धेरै माया गर्छन्। तर मािलालाई श्रीमानले धेरै माया गरेको मन परेन। त्यसो हुनाले उनले आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी हुन्।

अदालतमा महिलाको रिटमाथि सुनुवाइका क्रममा महिलाले भनिन्–मेरा श्रीमानले मलाइ कहिल्यै गाली गर्नु भएन, कहिल्यै उदास हुन दिनु भएन।’ उनका अनुसार श्रीमानले उनलाई धेरै माया गर्छन् जो उनलाई मन परेन। उनले धेरै मायाका कारण अफ्नो जीवन ‘नर्क’ बनेको बताइन्। यही कारण सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ।

ती महिलाले आफू श्रीमानको धेरै मायाका कारण आजित भएको बताइन्। उनका अनुसार विवाह भएको एक वर्षसम्म दुवै जनाबीच झगडा भएको छैन। र, घरको सरसफाइको काम गर्दासमेत श्रीमानले सहयोग गर्न थालेपछि उनी हैरान भएकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *