श्रीमान, श्रीमती सुखी थिए, एक दिन सात यक्षले सुनले भरेका सात घडा दिए

डिसी नेपाल
१० भदौ २०७६ १०:०८

काठमाडौं। लोभ यस्तो चीज हो, जसका कारण आफ्नो जीवन बर्बाद हुनसक्छ। पुरानो भनाइ अनुसार लोभ यस्तो चीज हो जसले सुखलाई दुखमा परिवर्तन गरिदिन्छ। यसकारण लोभबाट सधैं बच्नुपर्छ। आज हामी एउटा लोक कथाका विषयमा जानकारी दिन गइरहेका छौं, जहाँ लोभले मानिसको जीवन कसरी बर्बाद पार्छ भनेर बताइएको छ।

प्राचीन लोक कथाका अनुसार गाँउमा श्रीमान श्रीमती सुखी जीवन बिताइरहेका थिए। श्रीमान दिनभर राजाको दरबारमा काम गरेर स्वर्णको मुद्रा कमाउथे। ती व्यक्ति निकै इमान्दार थिए र उनी राजाका प्रिय थिए।

उनकी श्रीमती पनि बुद्धिमानीपूर्ण रुपमा घर चलाउँथिइन्। एक दिन राजको दरबारबाट घर फर्किँदा ती व्यक्तिले यक्षलाई भेटे। यक्षले ती व्यक्तिलाई तिम्रो इमान्दारी र मेहनतबाट म धेरै प्रशन्न भएँ। त्यसो हुनाले तिमीलाई सुनाका सिक्काले भरिएको सातवठा घडा दिन्छु । तिमीलाई यो घडा तिम्रो घरमा प्राप्त हुन्छ भने। ती व्यक्ति निकै खुशी भए।

घर पुगेर सबै कुरा श्रीमतीलाई सुनाए। भित्र कोठामा गएर हेर्दा त्यहाँ सातवटा घडा थिए। तीमध्ये ६ वटा सुनका सिक्काले भरिएका थिए भने एउटा घडा आधा मात्र थियो। सातौं घडा लेखेपछि उनलाई रिस उठ्यो र उनले यक्षले आफूलाई धोका दिएको ठाने। रिसाएका उनी त्यही ठाउँमा पुगे, जहाँ उनको भेट यक्षसँग भएको थियो। त्यहाँ यक्ष प्रकट भए र उनले सातौं घडा तिमी आफ्नो कमाइले भर्नु भने।

ती व्यक्तिले आधी घडा भर्न केही दिन लाग्ने अनुमान गरे। घर आएर उनले श्रीमतीसँग सातौं घडा आफैंले भर्ने बताए। भोलिपल्टदेखि दुवै जनाले बचन गर्न सुरु गरे। भोलिपल्छै देखि आधा भरिएको घडामा सिक्का हाल्न सुरु गरे। निकै दिनसम्म पनि घडा भरिएन। विस्तारै विस्तारै उनीहरु असामन्जस्यमा पर्न थाले। उनीहरु खाडी घडा चाँडै भर्न चाहन्थे। घरमा पैसाको कमी हुन थाल्यो।

श्रीमतीले उनलाई धेरै बुझाउने प्रयास गरिन्। तर व्यक्ति मानेनन्। केही दिनमा घरमा शान्ति भंग हुन थाल्यो। उनीहरुबीच झगडा हुन थाल्यो। सुखको दिन दुखमा परिवर्तन भए। राजाले थाहा पाए की सेवकको घरमा धनको कमी भयो। राजाले उनलाई दैनिक दुईवटा सुनका सिक्का दिन थाले। त्यति दिँदा पनि सेवकमा सुख शान्ति देखिएन। एक दिन राजाले सेवकसँग सोधे–तिमीलाई यक्षले सात घडा दिएका छन्?’ सेवकले हो भने। सेवकले पूरै कुरा राजालाई सुनाए।

राजाले सेवकलाई सातवटै घडा यक्षलाई फिर्ता गर्न भने। किनभने यी सातौं घडा लोभको थियो। त्यो अहिल्यै भरिँदैन थियो। लोभको भोक कहिल्यै शान्त हुँदैन। सेवकले राजाको कुरा बुझे। उनले सातैवटा घडा यक्षलाई फिर्ता गरिदिए। त्यसपछि श्रीमान श्रीमती सधैं सुखी भएर जीवत बिताए।

यो कथाबाट के शिक्षा प्राप्त हुन्छ भने लोभ यस्तो चीज हो जसको कारण कसैको पनि जीवन बर्बाद हुनसक्छ। वैवाहिक जीवनमा लोभ आयो भने श्रीमान श्रीमतीबीच सुख शान्ति सकिन्छ। यसकारण लोभबाट सधैं बच्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *