मुलुकभर डेंगुको संक्रमण बढ्दै
काठमाडौं । मुलुकभर डेंगुको संक्रमण बढ्दै गएको छ।
काठमाडौँलगायत प्रमुख शहरमा डेंगुको संक्रमण फैलदै गएको छ। पछिल्लो समय सरकारले गरेको काममा विभिन्न स्वयंसेवी संस्थाले सहयोग गर्न थालेका छन्।
काठमाडौँको विभिन्न १० ठाउमा क्रुपी फाउन्डेसन नामक कोरियाली संस्थाले डेंगु नियन्त्रण गर्न बिषादी छर्कदै आएको छ। स्थानीय वडाको समन्वयमा डेंगु लामखुट्टे हुनसक्ने र जोखिमयुक्त क्षेत्र पहिचान गर्दै बिषादी छर्कने काम भएको फाउन्डेसनका प्रतिनिधि शुक्रराज नेम्वांङ्गले जानकारी दिए।
फाउन्डेसनले छर्कने बिषादीले डेंगु सार्ने लामखुट्टे नियन्त्रण गर्नुका साथै अन्य रोग सार्न सक्ने किटाणु पनि मार्ने बताइएको छ। बिषादी छर्कने काम हप्तामा २ पटक गर्न सके डेंगु संक्रमण नियन्त्रण गर्न सकिन्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment