छल गरेर कमाएको धनले सुख र शान्ति दिँदैन

डिसी नेपाल
११ भदौ २०७६ ९:०७

काठमाडौं। महाभारतमा कौरव र पाण्डवको कथाको माध्यमबाट के शिक्षा दिइएको छ भने हामीले धर्म अनुसार काम गर्नुपर्छ। जो मानिसले गलत काम गर्छन् र अधर्मको साथ दिन्छन्, उनीहरु बर्बाद हुन्छन्। महाभारतमा उल्लेख भएका विषयलाई ध्यान दिने हो भने कोही पनि व्यक्ति दुख र समस्याबाट बच्न सक्छ।

कौरवले कयौं गल्ती गरेका थिए जसका कारण उनीहरुको वंश नाश भयो। यस्तो गल्तीबाट हामीहरु सधैं बच्नुपर्छ।  आज हामी महाभारतमा उल्लेख भएका तीन विषयमा जानकारी दिँदैछौं, जसको पालना गर्दा जीवन सुखमय हुन्छ।

धर्म अनुसार कमाएको धनमात्र टिक्छ
परिश्रम र इमान्दारिता साथ काम गरेर कमाएको धनले मात्र स्थायी लाभ दिन्छ। जो मानिस गलत तरिकाले धन कमाउँछन्, उनीहरुले दुखको सामना गर्नुपर्छ। गलत तरिकाले कमाएको धनले केही समय सुख प्राप्त त हुन्छ, तर त्यसले सधैं सुख दिँदैन।

दुर्योधनले छल र गलत तरिकाबाट पाण्डको धन सम्पत्ति कब्जा गरेका थिए। तर, यो सम्पत्ति उनीसँग सधैं रहन सकेन। यो अधर्मको कारणले दुर्योधनको पूरा वंश नै सखाप भयो। यसकारण आफ्नो सुखका लागि अरुलाई दुख दिनु हुँदैन।

धनको सही सदुपयोग गर्नुपर्छ
धनको सही सदुपयोग गरेमात्र समस्याको समाधान हुन्छ। यदि हामीले सही काममा धन खर्च गर्यौं भने राम्रो र स्थायी लाभ प्राप्त हुन्छ। जो मानिस चाँडो चाँडो धन कमाउने चक्करमा गलत तरिका अपनाउँछन् उनीहरु सधैं दुखी हुनुपर्छ। दुर्योधनले धनको प्रबन्ध पाण्डललाई क्षति पुर्याउन गर्दा आफैं नाश हुनुपर्यो।

नराम्रो बानीबाट बच्नुपर्छ
यदि कुनै व्यक्तिसँग धेरै धन सम्पत्ति भने उ नराम्रो बानीको चाँडै शिकार हुन्छ। धनबाट सधैं सुख र शान्ति प्राप्त गर्न चाहनुहुन्छ भने मानसिक, शारीरिक र वैचारिक रुपमा सम्यमता अपनाउनुपर्छ। गलत बानीका लागि धनको दुरुपयोग गर्नु हुँदैन। महाभारतमा युधिष्ठिर आफ्नो खराब बानीका कारण जुवामा दुर्योधन र शकुनिसँग सबै चीज हारेका थिए। त्यसपछि सबै पाण्डले कयौं संकटको सामना गर्नु परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *