गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने

डिसी नेपाल
१२ भदौ २०७६ ११:३६

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सो अञ्चल अस्पताल सङ्घीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को विसं २०७५ पुस २३ गतेको बैठकले राजविराजमा सो प्रतिष्ठान स्थापना गर्ने र गजेन्द्रनारायण अस्पताललाई प्रतिष्ठानमा रूपान्तरण गर्ने निर्णय गरेको थियो।

मन्त्रालयले सो प्रतिष्ठानको रु नौ अर्बको लगानीमा भौतिक पूर्वाधार निर्माण हुनलागेको जनाएको छ। राजविराज नगरपालिकाले वडा नं १० स्थित विरौलचोकमा प्रतिष्ठानका लागि ६२ बिघा जमीन उपलब्ध गराएको छ।

यसैबीच, मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ। स्वास्थ्य सेवातर्फका १२आँै तहका डा प्याकुरेलले यही भदौ २२ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै छन्। उनको पदावधि थप गर्दा अन्य कर्मचारीको वृद्धि विकासमा असर नपुग्ने भन्दै मन्त्रालयले स्वास्थ्य सेवा ऐनअनुसार उनको पदावधि थप गर्न प्रस्ताव गरेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *