मौरीले बनायो यस्तो ठाउँमा घार, लेख्न मिल्दैन भिडियो नै हेर्नुस्

डिसी नेपाल
१२ भदौ २०७६ १२:१४

एजेन्सी। तपाइँले मौरीको घार देख्नु भएको होला। मौरीको घार रुखमा हुन्छ वा घरमा पनि मौरीले घार बनाउँछ। तर के तपाइँले मोरीले मानिसमा नै घार बनाएको देख्नु भएको छ? शायद छैन होला।

तर केही दिन यता समाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको छ, जुन भिडियो हेरेर तपाइँ छक्क पर्नुहुन्छ। त्यतिमात्रै होइन भिडियो हेरेपछि तपाइँको हाँसो पनि रोकिने छैन।

इन्टरनेटमा भाइरल यो भिडियोमा एक युवकले लगाएको पाइन्टमा मौरीले घार बनाएको छ। युवकको पछाडि पट्टी बनाएको घारमा मौरीको गोलो नै छन्। मैरीले घार बनाउन यस्तो ठाउँ चुनेको छ जुन हामी यहाँ लेख्न सक्दैनौं, तपाइँ भिडियोमा नै हेर्नुस्। यो भिडियो हेरेर नहास्ने शायदै होलान्।

यो रमाइलो र विचित्रको भिडियो देखेर भारतीय खेल मन्त्री किरण रिजिजूले पनि शेयर गरेका छन्। उनले आफ्नो अधिकारिक ट्विटरबाट यो भिडियो शेयर गर्दै लेखेका छन्–यो वास्तवमा मौरीको घार हो।

जुन विचित्रको ठाउँमा लगाएको छ। यस्तो मात्र नागाल्याण्डमा मात्र हुनसक्छ।’ यो भिडियो इन्टरनेटमा निकै भाइरल भइरहेको छ। मानिसहरुले यसप्रति विभिन्न प्रकारका कमेन्ट गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *