भगवान विष्णुको वराह अवतारले दैत्य हिरण्याक्षबाट बचाएका थिए पृथ्वीलाई

डिसी नेपाल
१३ भदौ २०७६ ८:४८

काठमाडौं। हिन्दु धर्म ग्रन्थका अनुसार भाद्र महिनाको शुल्प पक्षको तृतीया तिथिमा वराह जयन्ती मनाइन्छ। भगवान विष्णुले यो दिन वराह अवतार लिएर हिरण्याक्ष नामक राक्षसको वध गरेका थिए। वराह जयन्तीका अवसरमा भक्तजन भगवान विष्णुको भजन कीर्तन, उपवास एवं व्रत इत्यादिको पालना गर्छन् र सुख समृद्धिको कामना गर्छन्।

भगवान विष्णुले कुल २४ अवतार लिएका छन्। मत्स्य र कश्यप पछि तेस्रो अवतार हो वहार। वराह अर्थात सुँगुर। यो अवतारको माध्यमबाट मानव शरीरको साथमा परमात्माको पहलिो कदम धर्तीमा परेको हो।

मुख सुँगुरको थियो तर, शरीर मानिसको थियो। त्यो बेला हिरण्याक्ष नामक दैत्यले आफ्नो शक्तिले स्वर्गमा कब्जा गरेर पूरै पृथ्वीलाई आफ्नो अधिनमा लिएको थियो। जसको आँखा अर्काको धनमा लाग्छ त्यसलाई हिरण्याक्ष भनिन्छ।

पुरातन समयमा दैत्य हिरण्याक्षले जब पृथ्वीलाई लगेर समुद्रमा लुकाएका थिए तब ब्रम्हाको नाकबाट भगवान विष्णु वराह रुपमा प्रकट भए। भगवान विष्णुको यो रुपलाई देखेर सबै देवी देवता तथा ऋषिमुनीले उनको स्तुतिगान गरे। सबैको आग्रहमा भगवान वराहले पृथ्वीलाई खोज्न थाले। आफ्नो सुँढोका कारण उनले पृथ्वीको पत्ता लगाए र समुद्र भित्र गएर आफ्नो दाँतमा अड्याएर पृथ्वीलाई बाहिर निकाले।

यो सबै देखेपछि हिरण्याक्षले भगवान विष्णुको वराह रुपलाई युद्धका लागि ललकारे। दुवै बीच भीषण युद्ध भयो। अन्त्यमा भगवान वराहले हिरण्याक्षको वध गरे। त्यसपछि भगवान वराहले आफ्नो खुरले जललाई स्तन्भित गरेर त्यसमाथि पृथ्वीलाई स्थापित गरे। त्यसपछि भगवान वराह अन्र्तध्यान भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *