दवाब थेग्न नसकेपछि राजनीति समितिको बैठक स्थगित, अध्यक्ष मण्डलको बैठक बस्दै

डिसी नेपाल
१३ भदौ २०७६ १०:२७

काठमाडौं। राजीतिक समितिको बैठक बोलाउने विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि अन्तत : अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव पछि हटेका छन्। अध्यक्ष मण्डलका सदस्यहरुको तीव्र विरोधपछि आज बस्ने भनिएको राजनीतिक समितिको बैठक स्थगित भएको हो।

चक्रीय प्रणाली अपनाएको राजपाका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले अध्यक्ष मण्डलका सदस्यसँग विना परामर्श राजनीतिक समितिको बैठक बोलाएपछि विवाद भएको थियोे।

संयोजक यादव र अध्यक्ष मण्डलका सदस्य अनिल झा बाहेक अन्य सदस्यले राजनीतिक तत्काल राजनीतिक समितिको बैठक बोलाउने अडान लिएपछि बैठक स्थगित भएको हो।

राजीतिक समितिको बैठक बोलाउने विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि अन्तत : अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव पछि हटेका छन्।

बिहीबार अध्यक्ष मण्डलको अनौपचारिक बैठक बसेपछि तत्कालका लागि राजनीतिक समितिको बैठक स्थगित गर्ने निर्णय भएको राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशारो यादवले जानकारी दिए।

‘हिजो (बिहीबार) अध्यक्ष मण्डलको चार घण्टा लामो अनौपचारिक बैठक बस्यो। बैठकले शुक्रबार दुई बजे अध्यक्ष मण्डलको बैठक बस्ने निर्णय गर्यो। अहिले तत्कालका लागि राजनीतिक समितिको बैठक स्थगित भएको छ,’ यादवले डिसी नेपालसँग भने।

बिहीबार बसेको अध्यक्ष मण्डलको अनौपचारिक बैठकमा सबै विषयमा छलफल भएको र शुक्रबार बस्ने बैठकमा थप विषयमा छलफल हुने उनले जनाए। अध्यक्ष मण्डलको बैठकमा अन्य वरिष्ठ नेतालाई पनि बोलाइएको उनले जानकारी दिए।

नेताहरुबीच गलत बुझाए भएका कारण समस्या आएको उनले दाबी गरे।  यतिबेला समाजवादी र राजपाबीच एकीकरणको प्रयास भइरहेको छ। असन्तुष्ट पक्षले संयोजक राजकिशोर यादवले समाजवादी पार्टीसँग एकता गर्न नचाहेका कारण राजनीतिक समितिको बैठक बोलाएको आरोप लगाएको थियो।

असन्तुष्ट पक्षले समाजवादी पार्टीसँग एकता गरेपछि मात्रै एकता महाधिवेशन गर्नुपर्ने पक्षमा छ। त्यसैलाई रोक्न यादवले राजनीति समितिको बैठक बोलाएको असन्तुष्ट पक्षको आरोप छ।

तर यो आरोपमा संयोजक यादव सहमत छैनन्। ‘समाजवादी पार्टीसँग एकता गर्न पार्टीले जिम्मेवार नेतालाई जिम्मेवारी दिएको छ। उहाँहरुले आफ्नो काम गरिरहनु भएको छ। म एकताको विरोधी होइन,’ संयोजक यादवले भने।

राजपामा राजनीतिक समिति अध्यक्ष मण्डलपछिको शक्तिशाली मानिन्छ। ३४ जना सदस्य रहने राजनीतिक समितिमा सात जना सचिवालय सदस्य आमन्त्रित सदस्यका रुपमा रहने व्यवस्था छ। समन्वयकारी भूमिकामा रहनु पर्ने संयोजकले गुटबन्दी गर्ने प्रयोजनले बैठक बोलाएको भन्दै राजपाभित्र असन्तुष्टि बढेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *