पत्रकार बर्खास्ती प्रकरण : अनुहारमा कालोपट्टी बाँधेर धर्ना
डोटी । विना कारण रेडियो नेपालबाट सञ्चारर्मी निष्काशन गरिएको विरोधमा काटोपट्टीले आँखा, कान र मुख बाँधेर धर्ना दिईएको छ।
नेपाल पत्रकार महासंघ डोटी शाखाले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा शुक्रबार यसरी धर्ना दिएको हो।
‘यो सरकारको रवैया हेर्दा जनतालाई मानसिक असन्तुलन, दृष्टिविहिन होउन भन्ने चाहना राख्छ भन्ने बुझिन्छ,’ नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले भने, ‘कर्तव्यनिष्ठ भएर जनतालाई सुसूचित गरिरहेका सञ्चारकर्मीलाई तानाशाही प्रबृत्तिबाट निष्काशन गर्नु त्यसैको संकेत हो भन्ने हाम्रो ठम्याई छ।’ सोही सन्देश दिन नै कालोपट्टीले आँखा, कान र मुख बाँधेर धर्ना दिईएको उनले बताए।
रेडियो नेपालले भदौबाट लागु हुनेगरी रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत नेपाल पत्रकार महासंघ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सह–सचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई विना कारण निष्काशन गरेको थियो।
जसको विरोध गर्दै उनीहरुको पुनर्वहालीको माग गर्दै डोटी शाखाले भदौ ४ गतेबाट धर्ना लगायत संघर्षका कार्यक्रम गरिरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment