आज शनिबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
१४ भदौ २०७६ ६:०६

आज मिति २०७६ साल भदौ १४ गते । तदनुसार सन् २०१९ अगस्ट ३१ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष । प्रतिपदा, १३ः५४ उप्रान्त द्वितीया तिथि शनिबार ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दै हुनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महशुष हुनेछ । पढाइ लेखाइ बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनीति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपार्ईँकै पक्षमा आउनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्त सँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

लामो समय लगाएर गरिएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखि हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । रुपैयापैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेकोछ भने आफन्तसँग नै मनमुटाब बढ्नेछ । नोकरी तथा कार्यक्षेत्रमा सहकर्मीहरु बाटनै आलोचना हुन सक्छ काम गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिनेछैन भने सोचेजस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानिले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हातलागि हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा बिषेश रुचि बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कानुन सम्बत गरिने कुनै पनि कामहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेहुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानी गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृड होईनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कामगर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्नेभन्दा फसाउँने मानिसहरु हावि हुनेछन् । निति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ,सचेत रहनुहोला । बनेका योजनाहरु बौद्धिकताको कमिले लागु गर्न नसक्दा बन्न लागेका कामहरु अलपत्र हुनेछन् । धार्मिक तथा तिर्थ स्थलको यात्रा गरि मनलाई शान्त पार्न सकिनेछ । माया प्रेममा अरुकै नकारात्मक टिप्पणिले गर्दा मनमुटाब बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

वादविवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनाबश्यक धन तथा स्थाई सम्पति हानि हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनालेप्रतिष्पर्धिहरु हावि हुनेछन् । आम्दानिको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेलि माईतिचि सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुदा तिर्नु पर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

संगठन तथा टिम परिचालन गरि व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फइदा हुनेयोग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेकोछ । नोकरिका सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुँदा मनग्गे धन कमाउन सकिनेछ । जीवनसाथिको सहयोग महत्वपुर्ण कामहरु समयमा सम्पादन हुनेहुँदा मन प्रशन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

वादबिवाद तथा प्रतिश्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुचि बढ्नेछ । मावलि पक्षबाट तपार्ईँको काममा आर्थिक हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबडाउँदा राम्रो हुनेछ । मायाा प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ । पेट सम्बन्धि समस्याले सताउनेछ हुँदा मानशिक तनाब बढ्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *