दुधको मूल्यमा प्रतिलिटर दश रुपैयाँ बढाउन किसानहरुको माग

डिसी नेपाल
१४ भदौ २०७६ २०:०८

काठमाडौं । दूध उत्पादक किसानहरुले तत्काल दुधको मुल्य बढाउन सरकारसंग माग गरेका छन्।

शनिवार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेको हो ।

विगत तीन वर्षदेखि सरकारले दुधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग राखेको हो ।

आफुहरको उत्पादन लागतमा बिगत तीनबर्ष यता ३० प्रतिशतभन्दा बढि मुल्य बृद्धि भएको जनाउदै दुधको मुल्यमा प्रतिलिटर १० रुपियाँ बढाउनुपर्ने उनीहरुको माग छ ।

उक्त मूल्य निर्धारण नगरिए यो क्षेत्रका दश लाख किसानको प्रत्यक्ष रोजगारि गुम्ने र खर्बाै रुपैयाँका गाई, भैंसी नासिने भई राज्यको खरबको व्यापार घाटा बढ्ने समाजको ठहर छ । नेपालको अस्तित्व संकटमा पर्ने खतरा रहने उनीहरुको दाबी छ।

अहिलेकै मूल्यमा आफुहरुको लागत पनि नउठ्ने बताउदै उनीहरुले राज्यका कर्मचारी तथा बजारका सम्पूर्ण बस्तुहरुको मूल्य पटक–पटक बढ्दा पनि आफुहरुले लागत मूल्य पनि उठाउन नसकेको जनाउदै उनीहरुले सरकारको ध्यानाकषर्ण गराएका हुन्।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादन बिना मानव जीवन सम्भव नरहेको बताउदै नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको उनको आरोप छ ।

भारतमा माहात्मा गान्धीले जनतालाई आफुले भात खाने थाल हालमा समातेर विहान उज्यालो भएदेखि बेलुका, साँझसम्म चम्चाले ठटाई विरोध जनाउन गरेको अनुरोध गरेको र त्यही विरोधले भारतबाट ब्रिटिसहरु लज्जित भएर भारत छोडेको इतिहाँस आफूहरुको सामु रहेको पनि उनले सुनाए ।

नेपालका ६५ प्रतिशत किसानले त्यस्तै अनुसासित आन्दोलन शुरु गरे भने सरकार सात दिन मात्र टेक्ने उनको चेतावनी रहेको छ । त्यस्तै कार्यक्रममा बोल्दै समिति सचिवालय सदस्य तथा प्रदेश नम्बर ४ का प्रदेश संयोजक दिपक तिमिल्सेनाले राज्यले किसानको परिश्रमको मूल्यमा खेलवाड गरिरहेको आरोप लगाए।

बजारमा सबै क्षेत्रको मूल्य आकासिएको अवस्थामा किसानका उत्पादनमा भने कुनै बृद्वि विकास नभएको उनको गुनासो छ । राज्यको नीति तथा कार्यक्रम कृषक लक्षित नरहेको बताउदै उनले आर्थिक परिवर्तनका कुनै काम नभएको प्रष्ट पारे । कृषकको उत्पादनमा रहेको लागत पाउनुपर्ने उनको माग रहेको छ ।

‘अहिले राष्ट्रिय अर्थतन्त्रमा पशुपालन तथा दुध उत्पादनको भूमिका ११ प्रतिशत रहेको छ । त्यसलाई बढाउदै २५ प्रतिशत सम्म पु¥याउने हैसियतमा हामिहरु पुगिसकेका छौ ।’ उनले भने,  ‘अवका पाँच बर्षलाई कृर्षिबर्र्षको रुपमा धोषणा गरिनुपर्र्छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका केन्द्रिय सल्लाहकार तथा संयोजक राजेन्द्रराज पन्तलेराज्यको सबै क्षेत्रमा मूूल्य बृद्वि भईरहेको बताउदै दूधको मूल्य बढाउनमा सरकारले आफ्नो मागलाई बेवास्ता गर्दै आएको बताए ।

‘पेट्रोलको पटक–पटक बढ्ने, तरकारी जन्य दैनिक उपभोग्य बस्तुको मुल्य आकासिएर छुन नसक्ने अवस्थामा पुगेपनि दुधको मुल्य वितग तिन बर्षदेखि यथावत नै रहेको छ ।’ उनको भनाई छ ।

आफुहरुले बजारमा ल्याएको दुधलाई स्तरिय नमान्ने तर भारतबाट आयात गरिएको दुधमा देशले समृद्वि देखि रहेको भन्दै उनले आक्रोस पोखे । उनले भने ‘पत्रकारदेखि नेतासम्म सबैको परिचयपत्र हुने तर कृषक परिचय पत्र नहुने । गाँउ–गाँउमा सिंहदरवार पुगेको भन्ने तर सिंहदरवार छिर्न हामिले अझै नागरिकता देखाउनु पर्ने वाध्यता रहेको छ । तुरुन्त किसान परिचय पत्र वितरण होस ।’

कार्यक्रममा बोल्दैइन्द्रमणि गैरेले विगत तीन बर्षदेखि खाद्यान्नलगायत पशु आहारको मूल्य झण्डै दुई गुना भन्दा बढि बृद्वि भएको र राज्यका राष्ट्र सेवक कर्मचारीको तलब पनि बृद्वि भईरहदा किसानले उत्पादन गरेका दुधको मूल्य यथावत रहेको बताए ।

‘अहिलेकै अवस्तामा नेपालका युवाहरु विदेश पलायत भइरहदा नेपालमा उत्पादनका क्षेत्रमा बृद्वि गर्न नसकेको अवस्थामा राज्यले बैदेशिक रोजगारीलाई बढावा दिएको तर वास्तविक किसानको परिश्रमलाई बेवास्था गर्दे आएको छ ।’ उनले भने ‘किसानको परिचय खै ? आशा छ आगामी दिनमा राज्य सञ्चालन गर्ने निकाय अनुसारकै परिचय पाउने छौ ।’

बैदेशिक रोजगारमा जानेहरुको लगानी सुरक्षित रहने तर किसानको अर्बाे रुपैयाँको लगानी सुरक्षित नहुँदा युवा शक्तिलाई कृर्षि उत्पादनको क्षेत्रमा लगाउन कठिनाई रहेको उनले प्रष्ट पारे ।

आफुहरुको मागलाई राज्यले सुनुवाई नगरे देशभर रहेका प्रतेक स्थानिय निकायका कार्यालयबाट पशु चौपाया सहितको आन्दोलन हुने उनको भनाई छ ।

आफुहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउदा पनि कुनै आश्वासन नपाएको जनाउदै आफुहरु आफ्ना बस्तुभाउलाई पत्येक वडा कार्यालयमा लगेर बाध्न बाध्य हुने पनि उनको चेतावनी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *