तीजमा सार्वजनिक बिदा

डिसी नेपाल
१५ भदौ २०७६ ६:५९

दमौली । तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारको अधिकार प्रयोग गरी सार्वजनिक बिदा दिने व्यास नगरपालिकाका दोस्रो भएको छ।

यसअघि जिल्लाकै भानु नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते सार्वजनिक बिदा दिएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *