यू – १९ एसिया क्रिकेटको तयारीमा रहेको नेपाली टिम श्रीलंकामा यसरी गर्दैछ तयारी (फोटो फिचर)

डिसी नेपाल
१५ भदौ २०७६ १९:४२

काठमाडौं । एसीसी यू – १९ एसिया कप क्रिकेट खेल्न श्रीलंका पुगेको नेपाली यू –१९ क्रिकेट टोलीले अन्तिम तयारी गरिरहेको छ ।

तयारी स्वरूप नेपालले आइतबार अभ्यास गरेको छ । यसअघि नेपालले तीन अभ्यास खेल खेलेको थियो । जसमा दुई हार र एक जित निकालेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

तस्वीरहरु : रमन सिवाकोटी/टिम म्यानेजर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *