एक जना महिलाले बुद्धसँग भनिन्–मेरो छोरोको मृत्यु भयो, उसलाई जीवित बनाउनुस्

डिसी नेपाल
१६ भदौ २०७६ ८:३२

काठमाडौं। वौद्ध धर्मका संस्थापक गौतम बुद्धको जीवनका कयौं यस्ता प्रसंग छन् जसमा सुखी र सफल जीवन जिउन सुत्र बताइएको छ। यदि यी सुत्रलाई हामीले आफ्नो जीवनमा अपनाउने होभ ने कयौं दुख कष्टबाट बच्न सकिन्छ। आज हामी महात्मा बुद्धसँग जोडिएको एउटा प्रेकर प्रसंगको विषयमा जानकारी दिन गइरहेका छौं।

उक्त प्रसंगका अनुसार एक महिलाको छोराको मृत्यु भयो। उनी पागल जस्तै भइन्। उनी आफ्नो छोराको शव लिएर भगवान गौतम बुद्ध भएको ठाउँमा पुगिन्। उनले रुदैं भनिन्–मेरो यो एकमात्र छोरा हो। यो मेरो जीवनको आधार हो। यदि मेरो छोरै भएन भने मेरो जीवन व्यर्थ हुन्छ। कृपा गरेर मेरो छोरालाई जीवित बनाइदिनुस्।’

गौतम बुद्धले भने–ठिक छ म तिम्रो छोरालाई जीवित बनाइ दिन्छु। तर, त्यो भन्दा पहिला तिमीले मेरो एउटा काम गर्नुपर्छ। तिमी गाउँको कुनै यस्तो घरबाट एक मुठ्ठी अन्न लिएर आउ जहाँ कसैको मृत्य नभएको नहोस्।’

महिलालाई के लाग्यो भने यो त सानो काम हो। उनले केही समयभित्रै यस्तो घर खोजेर अन्न ल्याउने भन्दै त्यहाँबाट हिँडिन्। एकले प्रत्येर घरमा गएर योघरका कसैको निधन भएको छ की छैन भनेर सोध्न थालिन्। यदि कसैको पनि मृत्यु भएको छैन भने आफूलाई एक मुठ्ठी अन्न दिन आग्रह गर्न थालिन्।

विहानदेखि साँझ हुन थाल्यो तर उनले त्यस्तो कुनै पनि घर फेला पारिनन् जहाँ कसैको मृत्यु नभएको होस्।

महिलाले के बुझिन् भने मृत्युबाट कोही पनि बच्न सक्दैन। एक दिन सबैले मर्नुपर्छ। उनी तत्काल गौतम बुद्ध भएको ठाउँमा फर्किइन्। उनले आफ्नो छोरालाई जीवित नपार्न आग्रह गरिन्। उनले आफूलाई जीवन र मृत्युको रहस्यका विषयमा सम्झाउन आग्रह गरिन्।

गौतम बुद्धले भने–मैले तिमीलाई घर घर यसकारण पठाएको थिएँ, ताकि तिमीलाई मृत्युको वास्तविकता थाहा होस्। जसले जन्म लिए उसले एक दिन अवश्य मर्नुपर्छ। यसकारण हामीले गलत काम गर्नबाट सधैं बच्नुपर्छ। गलत कामका कारण जीवनमा अशान्ति हुन्छ। महिलाले बुद्धको कुरा बुझिन्। र उनी गौतम बुद्धको शिष्य बनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *