वाणको शैय्याबाट भीष्म पितामहले दिएको त्यो उपदेश

डिसी नेपाल
१७ भदौ २०७६ ८:०४

काठमाडौं। श्रीकृष्णको आग्रहमा धर्मलाई ध्यानमा राख्दै भीष्म पितामहले राजधर्म, मोक्षधर्म र आपदुधर्म आदिको मूल्यवान उपदेश विस्तारले बताएका छन्।

भीष्म पितामहले आफ्नो उपदेशमा जुन कुरा उल्लेख गरेका छन्, ती विषयको पालन आजको समयमा पनि उत्तिकै सान्दर्भिक छन्। यो उपदेश भीष्म पितामहले त्यतिबेला दिएका थिए, जतिबेला उनी बाँणको शैय्यामा सुतिरहेका थिए।

त्यतिबेला युधिष्ठिरले भीष्म पितामहको लामो उमेर र स्वस्थ जीवनको रहस्यका विषयमा जान्ने चेष्टा गरेका थिए।
महाभारतमा भीष्म पितामहले दिएका थिए यी उपदेश

१) मनलाई आफ्नो वशमा राख्नु

२) घमण्ड नगर्नु

३) तीव्र इच्छालाई नियन्त्रण गर्नु

४) तीतो वचन सुनेर पनि उत्तर नदिनु

५) पिटाइ खाँदा पनि शान्त र सम्मय हुनु

६) अतिथि र लाचारलाई आश्रय दिनु

८) नियमपूर्वक शास्त्र पढ्नु र सुनाउनु

९) दिउँसो नसुत्नु

१०) स्वयं आदरको इच्छा नराखेर अरुलाई आदर गर्नु

११) क्रोधलाई नियन्त्रण गर्नु

१२) स्वादका लागि होइन, स्वास्थ्यका लागि भोजन गर्नु




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *