सिङ्गापुरबाट उपचार गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली (फोटोफिचर)

डिसी नेपाल
२० भदौ २०७६ १३:०६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज स्वदेश फर्किएका छन्। उनी थाई एयरवेजबाट अपरान्ह साढ १२ बजे स्वदेश फर्किएका हुन्।

मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी यही भदौ ५ गते त्यसतर्फ सिङ्गापुर गएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत विशिष्ट व्यक्तिले स्वागत गरेका थिए।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत पनि स्वदेश फर्किएका छन्। यसअघि उनी सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *