तालमा डुबेर दुई बालकको मृत्यु

डिसी नेपाल
२१ भदौ २०७६ २२:१७

अछाम। अछाममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गलसैन नगरपालिका–७ जना लिबण्डालीको भैसले नजिक पुछेडी खोलामा रहेको तालमा डुबेर दुई बालकको ज्यान गएको हो ।

अछाम प्रहरीका अनुसार ज्यान जानेमा ११ वर्र्षीय ललित वादी र १२ वर्षीय युकेश दमाइ रहेका छन् । शनिबारको दिन गाउँकै पाँच÷छ जना केटाकेटी टोली बिहान बाख्रा चराउन गोठालो गएकामा खेल्ने क्रममा दुईजना पानीमा डुबेपछि मृत्यु भएको घटनास्थल पुगेका अछाम प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक जनकबहादुर शाहीले बताए।

मृतक दुवै जनाको शवलाई पानीबाट निकालेर जिल्ला अस्पताल अछाममा शव परीक्षणका लागि ल्याइएकोछ ।

यसैबीच अछामको चौरपाटी गाउँपालिका–५ लुंग्रामा भीरबाट लडेर एक जना बालिका गम्भीर घाइते भएकी छन् । स्थानीय झंकर भुलकी १० वर्षीया छोरी एलिना भुल गाउँ नजिकैको वनमा बाख्रा चराउन गएको अवस्थामा भीरबाट खसेर घाइते भएको उनका आफन्तले बताएका छन् । भीरबाट करीब ५० मिटर तल खसेकी एलिनाको बेहोस् अवस्थामा बयालपाटा अस्पतालमा उपचारको लागि लगिएकोमा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

बालिकाको टाउको, छाति, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको उनका काका रमेश भुलले जानकारी दिनुभयो । घाइते एलिना स्थानीय कालिका आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *