भँगेराले बाँदरलाई घर बनाउने सुझाव दियो, बाँदरले भँगेराको गुँड नै भत्काइ दियो

डिसी नेपाल
२२ भदौ २०७६ ८:२७

काठमाडौं। पञ्चतन्त्र मौर्य कालीन ग्रन्ध हो। यसको कथामा सुखी र सफल जीवन बिताउने कयौं उपाय बताइएको छ। पञ्चतन्त्र पाँच भागमा विभाजित छ। यसको एक भागको नाम मित्रभेद हो।

यो अध्यायमा मित्र सुख र शत्रु पहिचानसँग जोडिएका कयौं कथा छन्। यो अध्यायमा एउटा यस्तो कहानी छ, जसको बारेमा आज हामी तपाइँहरुलाई जानकारी दिन गइरहेका छौं।

पञ्चतन्त्रको मित्रभेद अध्यायमा लेखिएको छ–

उपदेशो हि मूर्खाणां, प्रकोपाय न शान्तये।
पयःपानं भुजडाग्नां केवल विषवर्धनम्।।

यो नीतिका अनुसार मुर्खलाई दिइएको उपदेश, त्यस प्रकारले उसको क्रोध बडाउने जस्तो हुन्छ, जसरी सापलाई दूध पिलाउँदा उको विष वृद्धि हुन्छ।

पञ्चतन्त्रको एउटा कथाका अनुसार एउटा जंगलमा एउटा ठूलो रुख थियो। त्यो रुखमा भँगेराका एक जोडी बस्थे। एक दिन जंगलमा निकै ठूलो पानी पर्न थाल्यो। पानीबाट बच्नका लागि भँगेरा आफूले बनाएको गुँडमा बस्न गए।

केही समयपछि त्यो रुखको तल बाँदर आएर उभियो। बाँदर पूरै भिजेको थियो। बाँदर जोडोले काँपी रहेको थियो। सक्षम भएपनि त्यो बाँदर आफ्नो लागि कुनै घर नबनाएर पानीमा भिजिरहेको थियो।

पानी भिजेर काँपी रहेको बाँदरलाई देखेपछि भँगेराले बाँदरलाई आफ्नो एउटा घर बनाएर आरामसँग बस्ने सल्लाह दिए। भँगेराको सल्लाहलाई बाँदरले आफ्नो अपमानका रुपमा बुझ्यो।

बाँदरलाई के लाग्यो भने भँगेरासँग आफ्नो घर छ। मसँग यही घर नभएका कारण यसले मेरो मजाक उडायो। यही सोचेर आक्रोशित भएको बाँदरले भँगेरोको गुँड पनि भत्काएर उसलाई बेघर बनायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *