विदेशमा ज्यान गुमाएकाको परिवारलाई रु २ लाख सहयोग
वालिङ । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका मृतकको परिवारलाई बेल्जियम स्याङ्जा सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ।
स्पेनमा रोजगारीको सिलसिलामा गत जेठ १९ गते कार दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जाको चिन्नेवासका पुजन कोइरालाकी माता देवी कोइरालालाई समाजसेवी नेत्रप्रसाद पाण्डेले रु दुई लाख २५ हजार ७५२ हस्तान्तरण गरेका हुन् ।
बेल्जियममा रहेका स्याङ्जालीहरुको संस्था ‘बेल्जियम स्याङ्जा सम्पर्क समिति’ र बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा सङ्कलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाएका हुन् । एउटा नेपालीको दुःखमा अर्को नेपालीले पनि सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ मृतकको परिवारलाई आर्थिक सहयोग गरेको समाजसेवी पाण्डेले बताए।
श्रीमान् र छोरा गुमाएकी पुजनकी आमा एक छोरीका साथ काठमाडौँमा बस्दै आएका छन्। मृतक छोराको स्मृतिमा आर्थिक सङ्कलन कार्यमा खटिनुहुने समितिप्रति मृतककी आमा देवी कोइरालाले आभार प्रकट गरे। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment