एनआरएनए केन्यामा सुरज डुम्रेको नेतृत्वमा नयाँ कार्यसमिति

डिसी नेपाल
२३ भदौ २०७६ १२:०३

नैरोबी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्न (एनआरएनए/एनसीसी) केन्याको नयाँ नेतृत्वमा सुरज डुम्रे चयन भएका छन्। केन्याको राजधानी नैरोबीमा आइतबार सम्पन्न संघको चौथो राष्ट्रिय महाधिवेशनले निवर्तमान महासचिव डुम्रेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शिवलाल अधिकारी, महासचिवमा टिका धिताल, सचिवमा  लक्ष्मी बुलुन र कोषाध्यक्षमा यज्ञमणि रेग्मी (भरत) चुनिएका छन्।

त्यस्तै नयाँ कार्य समितिका सदस्यहरूमा डा। सिताराम घिमिरे, बरुण सुवाल, मनोज बस्नेत, रबी जैन, भगवती तमाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैरे निर्वाचित भएका छन्।

कार्यसमितिको महिला संयोजकमा श्रीमती कुमारी जिसी र युवा संयोजकमा कमलराज अधिकारी चयन भएका छन्।

त्यसैगरी संरक्षकमा इन्जिनियरहरू कुल बहादुर कार्की, नारायण भट्टराई र उदय हाडा रहेका छन् भने सल्लाहकार समितिमा कृष्णदत्त भट्ट, खेम पौडेल, धनेन्द्र बस्नेत र कृष्ण गैरे छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *