एनआरएनए मदगास्करको जिम्मेवारी रमेश राईको काँधमा

डिसी नेपाल
२३ भदौ २०७६ १७:२८

मदगास्कर । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) मदागास्करको जिम्मेवारी रमेश राईको काँधमा परेको छ। आइतबार  सम्पन्न साधारणसभाले राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा दान बहादुर थापा र कर्ण शेर राई, महासचिवमा होम नारायण श्रेष्ठ, सचिवमा सुवास आले मगर र कोषाध्यक्षमा पेम्बा शेर्पा चुनिएका छन्।

त्यस्तै युवा संयोजकको जिम्मेवारीमा राम कुमार राई चयन भएका छन्।

कार्यसमितिको सदस्यहरूमा बिर बहादुर मगर, तेज बहादुर कार्की, सिव राज कँडेल, बुलन गुरुङ, मन कुमार मगर, रमेश राणा, हिम बहादुर बुढाथोकी, दिनेश खड्का, भरत आचार्य, धन राज सावा लिम्बु, यादव नेपाल र लाल बाबु ठाकुर निर्वाचित भएका छन्।

त्यसैगरी परिषद्को सल्लाहकारमा आङ गेल जि शेर्पा, पुर्ण बहादुर खड्का र मार्क गुरुङ चयन भएका छन्।

मदगास्कर एनआरएनएकोे अफ्रिका क्षेत्रीय समिति अन्तर्रगतको एनसीसी हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *