काठमाडौंमा खुल्यो चाडपर्वलाई लक्षित गरि सहुलियत मूल्य पसल
काठमाडौं । सरकारले दसैं, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सहुलियत मूल्य पसल संचालन गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विक्री कक्ष भवनमा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सोमबारबाट ‘एकीकृत सहुलियत मूल्य पसल’ संचालनमा ल्याएको हो।
कार्तिक १७ गतेसम्म संचालन हुने सो पसल देशको मुख्यमुख्य सहरमा पनि संचालन हुनेछन्। ती पसलहरुमा घ्यूमा प्रतिकेजी ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट गरिएको दुग्ध विकास संस्थानका नारायणप्रसाद ढुंगानाले जानकारी दिए।
त्यसैगरी चिनीमा प्रतिकेसी ५ रुपैयाँ, नुनमा प्रतिकेसी २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ। चामल, दाल बोरामा १० रुपैयाँदेखि २० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको पनि साल्ट ट्रेडिङका ब्रेजेशकुमार झाले जानकारी दिए।
साल्ट ट्रेडिङले चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा ६ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको भने देशका मुख्यमुख्य सहरहरुमा गरी जम्मा ३४ वटा संचालनमा ल्याउने तयारी गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment