अमेरिकाको एटलान्टामा एनआरएनएको पहिलो ‘ग्लोबल नेपाली हेल्थ कन्फरेंस’ हुँदै

डिसी नेपाल
२४ भदौ २०७६ ८:३८

एटलाण्टा, अमेरिका । गैह्र आवासीय नेपाली संघ, (एनआरएनए) आईसीसीको ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटी तथा एनआरएनए एनसीसी अमेरीकाको संयुक्त आयोजनामा यही सेप्टेम्बर २०-२२, २०१९ मा अमेरीकाको एटलान्टा शहरमा हुने भएको छ। ग्लोबल नेपाली हेल्थ कन्फरेंसको प्रमुख अतिथिको रूपमा भागलिन नेपालका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरिका आउने भएका छन् ।

उपप्रधानमन्त्री यादव सेप्टेम्बर १९ मा एटलान्टा आईपुग्ने र सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिन न्यूयोर्क तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। विदेशमा सिकेका स्वास्थ्य सम्बन्धी ज्ञान, सीप, अनुभव र प्रबिधीहरूलाई कसरी स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूको हितमा उपयोग गर्न सकिन्छ भन्ने बिषयमा सो सम्मेलनमा बृहत् छलफल हुनेछ।

सो सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रहरू र प्यानल डिस्कसनबाट निस्केका निश्कर्षहरू समावेश गरी “एट्लान्टा स्वेतपत्र” जारी गरिने बिषयगत छलफलका अतिरिक्त सो कार्यक्रममा सामान्य हेल्थ चेकअप, ल्याब टेस्ट, योग, ताईची, मेडिटेसन, रनिंग, वाकिंग, माउन्टेन हाइकिंग, सीपिआर, एईडी तालिम आदिको पनि आयोजना गरिनेकुरा सो सम्मेलनको संयोजक एवं एनआरएनए आईसीसीका ग्लोबल हेल्थ एवं हाईजीन कमिटीका संयोजक डा. संजीव सापकोटाले बताए।

सो-सम्मेलनमा भागलिनको लागि आफ्नो नाम रजिष्टेसन गर्न, कार्यपत्र प्रस्तुत गर्नको लागि एबस्ट्र्याक्ट बुझाउन, होटल बुक गर्न तथा सोभेनियरमा आफ्नो लेख-रचनाहरू छपाउनको लागी एनआरएनए आईसीसीको आधिकारिक वेभसाईट https://nrna.org/Our-Work/Global-Health-Hygiene-Committee मा क्लिक गर्नुहोला। नेपाल भित्र बसोबास गर्ने नेपाली लगायत संसारभरी छरिएर रहेका गैह्र आवासीय नेपालीहरूको स्वास्थ्यलाई फायदा पुग्ने खालका अनुसन्धनात्मक कार्यपत्रहरूको एबस्ट्र्याक्ट globalhealth@nrna.org मा ईमेल मार्फ़त सिधै पनि पठाउन सकिने कुरा एवस्ट्याक्ट रिन्यू कमिटीका संयोजक एवं एनआरएनए अमेरीकाका बोर्ड अफ डायरेक्टर सत्य नारायण चौधरीले जानकारी बताए।

सो पहिलो नेपाली हेल्थ कन्फरेंसलाई सफल बनाउन को लागी अमेरीकन सरकारको सेन्टर फ़ोर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC), सोसाईटी अफ अमेरीकन नेपलीज नर्स (SANN), ब्लड डोनर्स अफ अमेरीका, नेपाली कल्चरल सेन्टर (NCC) एटलान्टा, नेपलीज एसोसिएशन अफ जर्जिया (NAG), ग्रेटर एटलान्टा बैदीक मन्दिर (GAVT) र स्टार स्कोलार नेटवर्क (STARscholar), लगायतका अन्य संघसंस्थाहरूले सहयोग गरिरहेका छन।


एनआरएनए आईसीसीको नेपालमा अक्टोबरमा हुन लागेको बार्षिक साधारणसभाको पूर्वसंध्यामा हुनलागेको सो ग्लोबल हेल्थ कन्फरेंसमा स्वास्थ्य प्रोफेस्नल, एनआरएनए अभियन्ताहरू, सर्वसाधारण तथा एनआरएनए आईसीसीमा उम्मेदवार हुनचाह्ने ईच्छुक उम्मेदवारहरूको बाक्लो उपस्थिति हुने भएकोले यो स्वास्थ्य सम्मेलनलाई बिशेष महत्वकासाथ हेरिएको छ।

यसपटक स्वास्थ्य बिषयसंग सम्बन्धीत गैह्र आवासीय नेपाली बिशेषज्ञहरूले गहन छलफल पश्चात तयार पारिने एटलान्टा स्वेतपत्रको सन्देश लिएर एनआरएनए आईसीसीको सम्मेलनमा भाग लिन जान पाउनु हामी गैह्र आवासीयहरूको लागि गौरवको बिषय भएको कुरा एनआरएनए अमेरीकाका निबर्तमान उपाध्यक्ष एवं एनआरएनए आईसीसीका अमेरीकाज क्षेत्रका सम्भावित महिला संयोजकका उम्मेदवार राधा पौडेलले बताईन् ।

सो कार्यक्रममा अमेरीका लगायत अस्ट्रेलिया, युके, दक्षिण कोरिया, न्यूजिल्याण्ड, अफ़्रीका, क्यानाडाका साथै अन्य बिभिन्न देशमा बसोबास गर्ने चिकित्सक, नर्स, स्वास्थ्य प्राबिधिक तथा एनआरएनए अभियन्ता लगायत सर्बसाधारणहरूको बाक्लो उपस्थिति रहनेछ। उपरोक्त कार्यक्रममा भाग लिन आयोजकले सबैलाई निमन्त्रणा समेत गरको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *