ग्राहकलाई विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्न नबिल बैंक र इक्यानको सम्झौता

डिसी नेपाल
२४ भदौ २०७६ १६:२४

काठमाडौं । नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (ECAN) बीच विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमकाबीच सहमति पश्चात नबिल बैंकले इक्यान, इक्यानसँग आवद्व सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ ।

यस सम्झौता अन्तर्गत बैंकले इक्यान, सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जालगायत विप्रेषणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवालगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नेछ ।

उक्त सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त सहमति मार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिवद्घता रहेको उल्लेख गरे।

इक्यानको तर्फबाट अध्यक्ष विष्णु हरि पाण्डेले इक्यानले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ्ग सुविधा पाउनु गर्वको विषय भएको उल्लेख गरेको करपोरेट कम्यूनिकेशन युनिटका समन लामा थिङ्गले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *