सर्वोच्च अदालतको आदेशमा पत्रकार हमाल रिहा
काठमाडौं । जनसञ्चार डटकमका सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य ओम हमाल रिहा भएका छन् ।
सर्वोच्च अदालतको दोस्रो पटकको आदेशमा हमाल रिहा भएका हुन्। बन्दी प्रत्येक्षीकरणको रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो।
पत्रकार हमालको गिरफ्तारी गैरकानूनी भन्दै जनपत्रकार संगठनकी सदस्य मोनिका गुरूङले पुनः बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन्।
रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठको ईजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश दिएको हो।
गत भदौ ६ गते पक्राउ परेका हमाललाई मंगलबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो। अघिल्लो पटक राज्य विरूद्वको कसुरको मुद्दा लगाएको प्रहरीले दोस्रो पटक दुव्र्यवहार सम्बन्धी मुद्वा लगाएर थुनामा राखेको थियो।
पत्रकार हमालको रिहाइको लागि देशभरका पत्रकार सम्बद्ध संघ संगठनहरुले दबाब दिदै आएका थिए भने जनपत्रकार संगठन नेपालका केन्द्रीय पदाधिकारीहरु हमालको गैरकानूनी गिरफ्तारीको विरुद्ध नेपाल पत्रकार महासंघलगायत पत्रकार सम्बद्ध संघ संगठनहरु संग भेटघाट एवम् छलफल गरी विचार तथा आस्थाका आधारमा गिरफ्तार पत्रकारहरुको पक्षमा दबाब दिन अनुरोध गर्दै आईरहेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment