आज बुधबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२५ भदौ २०७६ ५:११

आज मिति २०७६ साल भदौ २५ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर ११ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। त्रयोदशी, २८ः४४ उप्रान्त चतुर्दशी तिथि बुधबार ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन शुभ रहेको छ । कला साहित्य तथा मनोरञ्जनको क्षेत्रमा रुची बढ्नेछ, पारिवारिक सुख प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सानातिना काम र समस्यामै अल्झिनुपर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यवसायिक काममा राम्रै फड्को मार्न सकिन्छ भने धन लाभ हुने योग रहेको छ । मनमा शान्ति मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ कामको शुरुवात होला । धन लाभको योग रहेको छ भने रोकिएका कामहरु बन्ने योग रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अवसर आएपनि विचार गरेर मात्रै नयाँ काम सुरुवात गर्नुहोला । टाढाको यात्राको सम्भावना रहेको छ । खेलकुद क्षेत्रमा रुची बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समस्यागत कमजोरीले सताउला । मनमा निकै अशान्ति होला । घरायसी पिडाले डेरा जमाउला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामको सन्दर्भमा प्रतिद्धन्दी व्यक्तिहरुसँग मित्रता बढ्नेछ । मानसम्मानको योग रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वादिष्ट भोजको आनन्द मिल्ने योग छ । आफन्त र मित्रहरुसँग भेटघाट र रमाईलो हुने दिन छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रतिस्पर्धीहरुमाथि जित हाँसिल होला । धन लाभ होला । बौद्धिक क्षेत्रमा पहिचान मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज धैर्यधारण गरेका कामबाट भोलिका दिनमा लाभ होला । प्रेमी प्रेमीकाबीचको सम्बन्ध गाढा भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धेरै बोल्ने बानीले दुख पाईएला । दाम्पत्य जिवनमा खडपट हुने योग रहेको छ होस पुर्याउनु होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफूभन्दा ठुला मान्छेको सल्लाहमा चल्न सके निकै लाभ हुनेछ । तपाईको समर्थन गर्ने प्रशस्त छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *