नबिल बैंक र इक्यानबीच बैंकिङ सेवा प्रदान गर्ने सहमति

डिसी नेपाल
२५ भदौ २०७६ ११:०९

काठमाडौं। नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इक्यान) बीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झौता भएको छ।

यो सहमतिपछि नबिल बैंकले इकयानसँग आवद्घ सदस्य संस्था, तीनका कर्मचारी एवं विद्यार्थीका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ। यस सम्झौता अन्तर्गत बैंकले इकयान, सदस्य संस्थाहरु तथा विद्यार्थीलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधा, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नेछ।

सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सहमति मार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिवद्घता रहेको उल्लेख गरे।

इक्यानको तर्फबाट अध्यक्ष विष्णुहरि पाण्डले इक्यानले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्था, कर्मचारी लगायत विद्यार्थीले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ सुविधा पाउनु गर्वको विषय भएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *