उपचार गर्ने भन्दै झाँक्रीले पेटमा प्वाल पारिदिए, मृत्युसँग जुध्दैछन् राजु

डिसी नेपाल
२५ भदौ २०७६ १३:४९

धादिङ। झाँक्रीको विश्वसमा पर्दा धादिङको नीलकण्ड नगरपालिकाका एक युवा जीवनमरणको दोसाँधमा पुगेका छन् । जण्डिसले पीडित राजु मगर झाँक्रीको विश्वासमा पर्दा बोल्न समेत नसक्ने अवस्थामा पुगेका हुन् । झाँक्रीले उनको शरीरमा विकार रहेको भन्दै आफूले विकार फालिदिने दावी गरेका थिए । झाँक्रीले उपचार गरिदिने भन्दै उनको पेटमा प्वाल पारिदिएका हुन् । झाँक्रीले पेटमा ब्लेडले चिरेको बताइएको छ ।

नीलकण्ड नगरपालिका–९ झगरेका राजु विगत २ महिना अघिदेखि जण्डिस रोगले थलिएका थिए । उनलाई अस्पतालमा उपचार गराएर घरमै औषधी खुवाइँदै थियो । राजु लाई औषधीले उतिसारो असर गरेको थिएन । यही कारण उनीहरु झाँक्रीकहाँ पुगेका थिए । त्यसपछि झाँक्रीलाई देखाउँदा शरीरमा विकार रहेको र आफूले विकार निकालेर फालिदिने बताएपछि झाँक्रीको विश्वास गर्दा यस्तो घटना हुन पुगेको राजुकी श्रीमतीले बताएकी छिन् ।

झाँक्रीले शरीरमा भएको विकार निकालिदिन्छु भन्दै बन्द कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका थिए । सुरुमा झाँक्रीले सुइ लगाएको जस्तो गरी केही सामानले घोचेको र पछि ब्लेडले पेट चिरेर त्यही घाउमा मुखले टोकिदिएको कुरा श्रीमानले आफूलाई बताएको राजुकी श्रीमती विमलाले बताइन् । राजुलाई अहिले जिल्ला अस्पताल धादिङमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *