रविलाई जेल हाल्न माग गर्दै परेको निवेदनको सुनुवाइमा रविकै वकिल अदालत नपुगेपछि…

डिसी नेपाल
२६ भदौ २०७६ १३:०८

हेटौंडा । उच्च अदालत पाटनको हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा आज भदौ २६ गते हुने भनिएको सुनुवाई स्थगित भएको छ । पुडासैनी आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने, पत्रकार युवराज कँडेलले दिएको निवेदन, सरकारी वकिल कार्यालयले दिएको निवेदन र चितवन जिल्ला अदालतको प्रतिवेदन माथि आज सुनुवाई हुने जनाइएको थियो ।

लामिछाने र कँडेलका कानुन व्यवासयी शुशिलकुमार पन्तले आज भदौ २६ गते देश बाहिर हुने भएकाले उपस्थित हुन नसक्ने भन्दै हेटौंडा इजलासमा निवेदन दिएका थिए । आफु उपस्थित हुन नसक्ने भएकाले पेशी स्थगित गर्न उनले निवेदन दिएपछि पेशी स्थगित भएको अदालत स्रोतले जानकारी दिएको छ । न्यायाधीयद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासले पेशी स्थगित गरी असोज २ गतेका लागि तोकेको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछने, पत्रकार युवराज कँडेल र अस्स्मिता भन्ने रुकु कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दायर गरेपछि आजका लागि सुनुवाई तोकिएको थियो ।

गत मंगलबार उक्त रिट माथि भएको सुनुवाइमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रविसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेन साथ राखी पेश गर्न आदेश दिएका थिए । यसअघि लामिछाने र कँडेलले चितवन जिल्ला अदालतले दिएको आदेश बदरको माग गर्दै उच्च अदालत उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास भदौ १८ गते पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *