नेविसंघ काठमाडौं फरेष्ट्री कलेजको सभापतिमा गुर्धामी निर्वाचित

डिसी नेपाल
२६ भदौ २०७६ २१:१३
16
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ काठमाडौं फरेष्ट्री कलेजको सभापतिमा करन गुर्धामी निर्वाचित भएका छन्।

बिहीबार कलेजमा भएको एक कार्यक्रमका बीच गुर्धामीलाई कार्यसमिति सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। उनी साेही कलेजका सिटीइभिटी अन्तर्गत पूर्व संस्थापक सभापति पनि रहेका थिए।

कलेजको छैठौं अधिवेशन कार्यक्रम उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा आएका नेविसंघका केन्द्रीय निवर्तमान अध्यक्ष नैनसिं महरले विद्यार्थीको हकहितमा काम गर्ने वैचारिक विद्यार्थी संगठन नेविसंघ मात्र भएको बताए।

कार्यक्रमका विशिष्ट अतिथिको रुपमा निवर्तमान केन्द्रीय सह–महामन्त्री अम्बिका चलाउने, निवर्तमान केन्द्रीय सदस्य विपिन भट्टराई, सुमन पाण्डे, प्रेम शाही, त्रिचन्द्र क्याम्पस नेविसंघका नेता पदम सिं ठकुरी, सिटिभिटी उपाध्यक्ष उत्तम खड्का, एनइसी पूर्व सभापति भुवन भट्ट, डोटी नेविसंघका नेता दिपेन्द्र सिंह, काठमाडौ फरेष्टी कलेजका पूर्व सभापति टंक रावल र निवर्तमान सभापति सतिस भूसाल, निवर्तमान कार्यबाहक सभापति विवेक पाैडेलको उपस्थिति रहेको थियो।

वरिष्ठ उपसभापतिमा प्रवेश अधिकारी, उपसभापतिमा जीवन रेग्मी, ममता तिमिल्सेनालाई निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै कार्यसमिति सचिवमा वैज्ञानिक भूसाल, सह–सचिवमा अमृत थापा र कोषाध्यक्षमा श्रृष्टी रेग्मी निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरुमा ऋषिकेश यादव, दुर्गा अम्गाई, खगेन्द्र जोशी, आशिस भण्डारी, मनोज नौन्याल, सञ्जिब खड्का, प्रकाश पराजुली र सञ्जय मरासिनी निर्विरोध निर्वाचित भएको अध्यक्ष गुर्धामीले बताए।

निर्वाचित सभापति गुर्धामीले विद्यार्थीको हक अधिकारको लागि शैक्षिक, भौतिक, प्राविधिक रुपमा कटिबद्ध भएर लाग्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *