रौतहटमा पानीमा डुबेर ३ बालिकाको ज्यान गयो

डिसी नेपाल
२६ भदौ २०७६ २१:३२

रौतहट । पानीमा डुबेर रौतहटमा ३ जना बालिकाको ज्यान गएको छ।

जिल्लाको इशनाथ नगरपालिका १ वन्जराहाका ३ बालिका दिउँसो ४ बजेतिर माछा मार्न गएको बेला पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए।

उनका अनुसार ४ बजेतिर माछा मार्न गएका बालिका साँझसम्म घरमा नआएपछि खोज्न जाँदा करिब सवा ८ बजेतिर डुवेको अवस्थामा मृत फेला परेको खबर प्रहरीलाई आएको थियो।

प्रवक्ता कार्कीले भने, ‘मृतक बालिकाको नाम भने खुलेको छैन। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ गइरहेको छ।’

टोली घटनास्थलमा पुगेपछि मात्र घटनाको सबै विवरण आउने उनले बताए। ‘मृतक बालिका करिब ८ देखि १० वर्ष उमेरसम्मका छन्।’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *