यात्रीले सन्तलाई गाउँ जाने बाटो सोध्थे, सन्तले मसानघाटको बाटो देखाउँथे

डिसी नेपाल
२७ भदौ २०७६ ८:०१

काठमाडौं। प्रचलित लोक कथाका अनुसार प्राचीन समयमा एक सन्त गाउँ बाहिर सानो झुपडी बनाएर बस्थे। सन्त निकै प्रसिद्ध थिए। सन्तलाई भेट्न मानिसहरु टाढा टाढाबाट आउने गर्थे। र आफ्नो समस्याबाट छुटकारा पाउने अपेक्षा गर्थे।

सन्तको कुटी गाउँ भन्दा बाहिर भएका कारण कहिले काँही अपरिचित मानिसपनि सन्तकहाँ बस्ने गर्थे। कहिले काँही बटुवा गाउँमा पुग्न कति समय लाग्छ भनेर सन्तलाई सोध्थे। सन्त उनीहरुलाई बाटो देखाइ दिन्थे।

यात्री जब सन्तले बताएको बाटोमा जाँदा केही अगाडि पुगेपछि उनीहरु मसानघाटमा पुग्थे। त्यहाँ पुगेपछि यात्रीलाई रिस उठ्थ्यो। केही मानिस सन्तलाई गाली दिन्थे भने केही चुपचाप अर्को बाटो खोज्न थाल्थे।

एक दिन एक जना यात्रीले सन्तसँग बाटो सोधे। सन्तले बाटो देखाइदिए। तर सन्तले देखाएको बाटो जाँदा ती यात्री मशानघाटमा पुगे। उनलाई सन्तप्रति रिस उठ्यो। क्रोधित यात्री सन्तलाई गाली गर्न भन्दै सन्तको कुटी भएको ठाउँमा पुगे। र सन्तलाई भने–तपाइँले गलत बाटो किन देखाउनु भयो?’

यात्रीले सन्तलाई निकै गाली गरे। उनी चिच्याइ चिच्याइ गाली गर्दा थाले। तर, सन्त शान्त थिए। त्यसपछि सन्तले भने– के मशानघाट बस्ती होइन? तिमीहरु जसलाई बस्ती भन्छौं। त्यहाँ प्राय कसै न कसैको मृत्यु भइरहेकै हुन्छ। प्राय कसै न कसैका घर उजाड हुन्छ। त्यो घरमा मानिसको आउने जाने क्रम भइरहन्छ।मशानघाट पनि त्यस्तै बस्ती हो। जहाँ एक मानिस एक पटक पुगेपछि फेरि कहिल्यै जाँदैन। मशानघाट पनि एउटा बस्ती हो। यहाँ एक पटक जो आउँछ सधैं यही बस्छ। मेरो हेराइमा त यो पनि बस्ती हो।’

हरेक मनुष्यको यही अन्तिम लक्ष्य हो की मृत्युपछि सबै जना यहाँ आउनैपर्छ। यस कारण हामीले गलत कामबाट बच्ने प्रयत्न गर्नुपर्छ। यही सोचेर सन्तले सबैलाई यो बाटो देखाउँथे। यो सबै सुनेर ती यात्रीलाई ज्ञान भयो। उनले अघि जोड जोडले सन्तलाई दिएको गालीप्रति गल्तीको अनुभव भयो र सन्तसँग क्षमा मागे।

यो प्रसंगबाट के शिक्षा पाइन्छ भने जीवनमा मृत्यु अटल सत्य हो। जसले जन्म लियो उसको एक दिन मृत्यु अवश्य हुन्छ। मानिसले अन्तिम सत्यलाई ध्यान दिँदै जीवनमा राम्रो काम गर्नुपर्छ। जो मानिस मृत्युलाई अन्तिम सत्य मानेर काम गर्छन् उनीहरु गलत काम गर्नबाट बच्दछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *