जोसँग परिवार र सन्तानलाई दिने समय छैन, त्यस्तो जीवनको के फाइदा ?

डिसी नेपाल
२९ भदौ २०७६ ८:३३

काठमाडौं। आजकल मानिसलाई के भ्रम हुन थालेको छ भने हामीसँग समय नै छैन। हामी धेरै व्यस्त छौं। हामी आफ्नो घर, परिवार, अफिस र कतिसम्म भने हामी आफ्ना सन्तानलाई पनि भन्छौं की म निकै व्यस्त छु। कतिसम्म भने कसैलाई थोरै समय ध्यान गर्न सुझाव दियो भने जवाफ आउँछ म व्यस्त छु। यसको अर्थ के हुन्छ भने म आफ्नै लागि पनि उपलब्ध छैन।

जसको स्वयंसँग सम्बन्ध छैन, जोसँग आफू र आफ्ना परिवारका सदस्यलाई दिने समय छैन त्यस्तो जीवनको के फाइदा? हामी त्यस्तो के गरिरहेका छौं की हामीसँग समय नै छैन। अहिलेको मुख्य प्रश्न यो हो। मसँग समय छैन भन्ने शब्द हामी दिनका कतिपटक प्रयोग र्छौं? वास्तवमा हामी के गर्नमा व्यस्त छौं? जवाफ पाइन्छ कमाउनलाई। यो त महत्वपूर्ण कुरा हो की हामी कमाइ आफ्नोलागि, परिवारका लागि र बालबच्चाका लागि गर्छौं।

एक दिन तपाइँ घरमा सबै जनासँग बस्नुस् र उनीहरुसँग प्रश्न सोध्नुस् तपाइँहरुलाई मेरो साथ चाहिएको छ की धन? जसको लागि भनेर हामी दिनरात नभकी कमाइ गरिरहेका हुन्छौं, उनीहरुको इच्छा पनि त सुन्नुस्। उनीहरुलाई मात्र तपाईँ चाहिएको छ।

बीस वर्षपछि पछाडि फर्केर हेर्दा तपाइँलाई तपाइँकै बच्चाले भन्नेछ–हामीलाई जे चाहिएको थियो, त्यो त तपाईँले दिनु भएन। हामी सारा दिन व्यस्त व्यस्त भन्छौं अनि एनर्जी कसरी पैदा हुन्छ? यसकारण आजैदेखि आफूलाई र परिवारका सदस्यलाई समय निकाल्ने गर्नुस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *