फर्निचर एक्स्पोमा ८१ हजारले गरे अवलोकन

डिसी नेपाल
२९ भदौ २०७६ २०:३०

काठमाडौं । फर्निचर तथा फर्निसिङका उत्पादनको ब्राण्डिङ गर्ने उद्धेश्यले आयोजना भएको सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सफलताका साथ सकिएको छ।

विगत वर्षहरुमाभन्दा यस पटक अवलोकनकर्ताको अधिक चाप देखिएकाले एक्स्पोका आयोजक तथा व्यवस्थापकहरु उत्साहित बनेका छन् । ५ दिनको अवधिमा ८१ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा ५ दिनसम्म चलेको एक्स्पोमा आयोजना रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो। एक्स्पोमा सञ्चालित रक्तदान कार्यक्रममा ११३ प्रिन्ट ब्लड संकलन भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिगं संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी, प्रदर्शक तथा अवलोकनकर्ता लगायतले रक्तदान गरेका थिए।

मेडिसिटी अस्पतालको प्राविधिक सहयोगमा संचालित रक्तदानमा लायन्स क्लफ अफ काठमार्डौ सेन्टर, लायन्स क्लफ अफ चावहिल र लायन्स क्लब अफ टिचर्सले सहयोग गरेका थिए।

अवलोकनकर्ताको बाक्लो उपस्थितीका साथै रक्तदाताको सक्रिय सहभागिताले आफुहरु उत्साहित बनेको फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए। आगामी वर्षहरुमा अझै परिष्कृत रुपमा आधुनिक उत्पादनहरुलाई समेट्दै एक्स्पोलाई निरन्तरता दिने संयोजक अग्रवालले बताए।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई जेम फ्लोरिङले शिर्ष प्रायोजन गरेको थियो। एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका थिए।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट थियो। त्यसैगरी एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट थियो। एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स थियो।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको थियो। फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *